बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

भाग्नेलाई प्रहरीले पक्राउ गरे के हुन्छ थप कारवाही ?

भाग्नेलाई प्रहरीले पक्राउ गरे के हुन्छ थप कारवाही ?

कारागार ऐन, २०७९ अनुसार कैदीबन्दीलाई भगाउन सहयोग गर्नेलाई ३ बर्ष कैदी र ३० हजारसम्म जरिवाना वा दुवै सजाय हुन्छ ।


  • हरिकृष्ण गौतम
  • भाद्र ३१ २०८२, मंगलबार

म्याग्दी/जेनजी पुस्ता भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा म्याग्दी कारागार तोडेर फरार भएकामध्ये १९ जना अझै फरार छन् ।कैदीबन्दीलाई खोजी गर्न विशेष यूनिट सहित प्रहरी परिचालन गरिएपछि हालसम्म ५७ जना कैदीबन्दीलाई पुनः कारागार चलान गरिएको छ ।

कर्तब्य ज्यान, बलात्कार, लागुऔषध दुव्र्यसनी एवं ओसारपसार मुद्दा,सहकारी ठगी, लेनदेन लगायतका मुद्दाका अभियुक्त र अदालतबाट दोषी ठहर भएका र मुद्दा चलिरहेकाहरुका हकमा पुर्पक्षका लागि थुनामा रहेका ८८ जना कैदीबन्दी ७६ जना कैदीबन्दी भागेका थिए । कारागार प्रशासन र सुरक्षार्थ खटिएका प्रहरीको कमजोरीको फाइदा उठाउँदै बिहान सात बजे भागेका थिए ।

कारागारमा रहेका ६ जना महिलासहित १२ जना कैदीबन्दी भने जेलभित्रै बसेका थिए । भागेकै दिन प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको थियो भने हालसम्म २७ जना आफैं सम्पर्कमा आएका थिए भने ३० जनालाई पक्राउ गरिएको छ भने १९ जना अझै फरार रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर पौडेलले बताए । प्रहरीले कारागारका साथै बेनीबजार र आसपासका क्षेत्रमा सार्वजनिक तथा निजी घरमा जडान गरिएको सिसीटिभी फुटेजबाट खोजी गरिरहेको छ ।

‘फरार कैदीबन्दीको खोजीकार्य भइरहेको छ, उहाँहरु आफैं आए राम्रो हुन्छ, पक्राउ गरेर ल्याउनुपरेमा थप जरिवाना र सजाय थपिन्छ,’ प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले भने । म्याग्दीमा पछिल्लो तीन महिनामा २० वर्षदेखि फरार रहेका कर्तव्य ज्यान मुद्दाका प्रतिवादी सहित कर्तव्य ज्यान, डाँका चोरी, लागुऔषध लगायतका मुद्दाका फरार कसुरदार व्यक्तिहरुलाई पक्राउ गरेको थियो ।

कैदी भगाउनेलाई कारवाही
कारागारबाट कैदी भगाउने कार्यमा संलग्न पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । आफन्त कैदीबन्दीलाई छुटाउन गएकाको सिसीटिभी फुटेजसहित अन्य प्रमाणको आधारमा खोजीकार्य भइरहेको छ । कारागार ऐन, २०७९ अनुसार कैदीबन्दीलाई भगाउन सहयोग गर्नेलाई ३ बर्ष कैदी र ३० हजारसम्म जरिवाना वा दुवै सजाय हुन्छ ।

भागेका कैदीबन्दीलाई झनै समस्या
फरार भएका कैदीबन्दीले आत्मसमर्पण नगरे झनै कानुनी झन्झटमा पर्ने देखिन्छ । अनुसन्धानका क्रममा हिरासतमा रहेका अभियुक्त तथा अदालतबाट सजाय भुक्तान गरिरहेका कैदीबन्दीेले कारागार ऐन २०७९ दफा ४९ अनुसार कारागारबाट भागेमा वा भाग्ने उद्योग गरेमा तोकिएको सजाय बाहेक थप पाँच बर्षसम्म कैद वा पचास हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजायको ब्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->