काठमाडौं/ निवर्तमान परराष्ट्रमन्त्री तथा कांग्रेस नेतृ आरजु राणा देउवाले युलेन्स स्कुलको व्यवस्थापन समितिको अध्यक्ष पदबाट राजीनामा दिएकी छन्। गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा ललितपुरस्थित युलेन्स स्कुलमा तोडफोड र आगजनी भएको थियो। त्यसयता उनलाई अभिभावकले अध्यक्षबाट राजीनामा दिन दबाब दिइरहेका थिए।
यस क्रममा राणाले शुक्रबार अध्यक्ष पदबाट राजीनामा दिएको युलेन्स फाउन्डेसन स्रोतले जानकारी दियो। ‘घटनालगत्तै राजीनामा दिनुपर्ने अभिभावकको दबाब थियो। हिजो उहाँले खबर पठाउनुभयो। अब नयाँ चयन हुन्छ’, स्रोतले भन्यो। काठमाडौं र ललितपुरको दुवै स्कूलबाट उनले राजीनामा दिएकी हुन ।
आगजनीबाट ध्वस्त स्कुललाई नयाँ ढंगले सञ्चालन गर्ने तयारी युलेन्स फाउन्डेसनले गरेको छ। युलेन्सका अनुसार हाल अनलाइनबाट कक्षा सञ्चालन भइरहेको छ। दसैँपछि भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्ने तयारी छ।





