शुक्रबार, भाद्र ५ २०८३

शुक्रबार, भाद्र ५ २०८३
  • ५ भाद्र २०८३ , शुक्रबार
  • August 21 2026

पढ्दै कमाउँदै योजना अन्तर्गत पुतलीबजार नगरपालिकाद्वारा लामागेका बालबालिकालाई पञ्चेबाजा प्रदान

पढ्दै कमाउँदै योजना अन्तर्गत पुतलीबजार नगरपालिकाद्वारा लामागेका बालबालिकालाई पञ्चेबाजा प्रदान


  • ढोरपाटन संवाददाता
  • असोज १९ २०८२, आइतबार

स्याङ्जा / जिल्लाको पुतलीबजार नगरपालिकाले ‘पढ्दै कमाउँदै’ योजना अन्तर्गत बालबालिकामार्फत मौलिक संस्कृतिको संरक्षण गर्ने उद्देश्यले वडा नम्बर १४ लामागेका बालबालिकालाइ पञ्चेबाजा वितरण गरेको छ । नगरपालिकाले नेपाली मौलिक पहिचान बोकेका बाजाहरु दमाहा, झ्याली, ट्याम्को, ढोलकी र सहनाई प्रदान गरेको हो ।

नगरप्रमुख तुलसीराम रेग्मीले लामागेको पञ्चैबाजासँग जोडिएको पुरानो ख्याति अबका बालबालिकाले निरन्तरता दिनुपर्नेमा जोड दिए । उनले भने, ‘लामागेले पञ्चेबाजाको नाममा नेपालको सांस्कृतिक पहिचान बोकिरहेको छ, अब बालबालिकाले यो परम्परा जोगाउनु पर्छ ।’

नगरपालिकाले पञ्चेबाजाको प्रयोगलाई केवल सांस्कृतिक अभ्यास नभई सीप र आत्मनिर्भरता विकाससँग जोड्न खोजेको जनाएको छ । नगरप्रमुख रेग्मीका अनुसार, ‘पढ्दै कमाउँदै’ योजना अन्तर्गत बालबालिकाले सीप सिक्दै आयआर्जन गर्न सक्ने वातावरण बनाउने प्रयास स्वरुप मौलिका बाजा वितरण गरिएको हो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->