सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

एमालेद्धारा प्रतिनिधिसभा पुनःस्थापनाको माग, एघारौं महाधिवेशन मंसिरको अन्तिम साता हुने

एमालेद्धारा प्रतिनिधिसभा पुनःस्थापनाको माग, एघारौं महाधिवेशन मंसिरको अन्तिम साता हुने


  • ढोरपाटन संवाददाता
  • असोज २६ २०८२, आइतबार

काठमाडौं / नेकपा (एमाले) को सचिवालय बैठकले प्रतिनिधिसभा पुनःस्थापनाको माग गरेको छ। आइतबार बसेको सचिवालयको ५८ औं बैठकले प्रतिनिधि सभा पुनःस्थापना हुनुपर्छ भन्ने स्पष्ट माग गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

‘प्रतिनिधि सभाको विघटनलाई यो बैठकले असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको छ। असंवैधानिक र अलोकतान्त्रिक ढंगले गरिएको प्रतिनिधि सभा विघटनलाई बदर गर्र्दै प्रतिनिधि सभा पुनःस्थापना हुनुपर्छ भन्ने स्पष्ट माग बैठकले गरेको छ,’ उनले भने।

गत भदौ २३ र २४ गतेको जेनजी विद्रोहका कारण एमाले अध्यक्ष केपी शर्मा ओली सत्ताच्युत भएपछि प्रतिनिधि सभा विघटन भएको थियो। जेनजी विद्रोहको भावनालाई आत्मसात् गर्दै प्रधानमन्त्री बनेकी सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष प्रतिनिधि सभा विघटनको सिफारिस गरेकी थिइन्।

एघारौं महाधिवेशन मंसिर अन्तिम साता हुने

यसैविच, एमालेको एघारौं महाधिवेशन मंसिर अन्तिम साता हुने भएको छ । आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले मंसिर अन्तिम साता महाधिवेशन गर्ने निर्णय गरेको उपमहासचिव ज्ञवालीले जानकारी दिए ।
‘नेकपा एमालेको एघारौं महाधिवेशन मंसिरको अन्तिम साता आयोजना हुनेछ,’ उनले भने । स्थान र मितिको टुंगो भने केन्द्रीय कमिटी बैठकबाट हुने पनि उनले बताए । एमालेको केन्द्रीय कमिटी बैठक यही २९-३१ सम्म हुँदैछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->