बागलुङ/धौलागिरी आयुर्वेद अस्पताल बागलुङले असोज २९ गते बुधवार स्वर्णबिन्दु प्राशन कार्यक्रम सञ्चालन गर्ने भएको छ । बालबालिकाको शारीरिक, मानसिक वृद्धि र विकासको लागि यो कार्यक्रम संचालन गर्न लागिएको हो ।
कार्यक्रमअन्तर्गत लक्षित उमेर समूह अर्थात् असोज २९ गतेसम्म १ वर्ष पुगी ५ वर्ष ननाघेका बालबालिकाहरुलाई स्वर्णबिन्दु प्राशनको थोपा खुवाइने अस्पतालका प्रमुख डा. शरद पन्थीले जानकारी दिए । बिहान ७ बजेदेखि १० बजेसम्म स्वर्ण विन्दु प्राशन कार्यक्रम संचालन गरिने भएको हो ।
कार्यक्रममा सहभागी हुन १ वर्ष पुगेर ५ वर्ष ननाघेका आफ्ना बच्चाहरुलाई अभिभावकले जन्मदर्ता वा खोप कार्डको फोटोकपी लिएर आउन अस्पतालले आग्रह गरेको छ । यस्तै प्रदेश सरकार अन्तर्गतको पोखरा गण्डकी आयुर्वेद अस्पताल कास्कीले पनि असोज २९ गते स्वर्णबिन्दु प्राशन कार्यक्रम सञ्चालन गर्ने भएको छ ।





