काठमाडौं / नेकपा एमालेको जारी केन्द्रीय कमिटीको दोस्रो दिनको बैठकमा बोलेका केही नेताहरुले अध्यक्ष केपी शर्मा ओलीलाई पद त्याग गर्न सुझाव दिएका छन्। लतिलपुरको भनिमण्डलमा बसिरहेको बैठकमा नेताहरू रविन कोइराला, रचना खड्का र रामलाल साहले अध्यक्ष छोडेर आराम गर्न भनेका हुन्।
कोइरालाले अध्यक्ष छोडेर आराम गर्न भनेका थिए भने रामलाल साहले बिदा लिनुहोस् भन्ने सुझाव दिएका थिए। केन्द्रीय सदस्य रचना खड्काले दुई कार्यकालको व्यवस्था फेरि कार्यान्वयनमा ल्याउन आग्रह गरेर ओलीले पद त्याग्नुपर्ने बताइन्।
‘परिवर्तित सन्दर्भले निर्माण गरेको चुनौती सामनागरि पार्टीलाई बलियो बनाउनका लागि विधानमा दुई कार्यकाल र उमेर हदलाई पुनव्यर्वस्था गरेर जानुपर्दछ,’ खड्काले भनिन्, ‘अन्यथा एकपटक नेतृत्वमा पुगेपछि सकुञ्जेल र बाचुञ्जेल, पार्टी अस्थायी व्यक्ति स्थायी जस्तो चिन्तनको विकास हुँदो रहेछ।’





