सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

फरार ८१ कैदीबन्दी पक्राउ

फरार ८१ कैदीबन्दी पक्राउ


  • ढाेरपाटन संवाददाता
  • असोज ३० २०८२, बिहिबार

पोखरा/ जेन जी आन्दोलनका क्रममा गत भदौ २४ गते कास्की कारागारबाट फरार ८१ जना कैदी तथा थुनुवा पक्राउ परेका छन् । कास्की प्रहरी र मातहतका निकायबाट खोजतलास गर्ने क्रममा पक्राउ परेका उनीहरुलाई कारागारमा बुझाइएको प्रहरीले जनाएको छ ।

अन्य फरार कैदीबन्दीको खोजतलास भइरहेको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले बताएका छन् । उनका अनुसार फरार कैदी तथा थुनुवालाई असोज २० गतेभित्र स्वस्फुर्त रुपमा कारागार फर्किन अपिल गरिएको थियो । तर नआएपछि प्रहरीले खोजतलास अभियान थालेको थियो ।

पक्राउ परेकाहरुमा जवरजस्ती करणी मुद्धाका १६ जना, लागु औषध मुद्धाका १६, चोरी मुद्धाका २५, कर्तव्य ज्यान मुद्धाका ८, ज्यान मार्ने उद्योगका ९, अभद्र व्यवहार मुद्धाका ४, सवारी अंगभंग, कुटपीटबाट अंगभंग र मानव बेचविखन मुद्धाका एकएकजना रहेका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->