सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

संसद् पुनर्स्थापनाको पक्षमा उभिने एमालेको निर्णयप्रति युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यको असहमति

संसद् पुनर्स्थापनाको पक्षमा उभिने एमालेको निर्णयप्रति युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यको असहमति


  • ढोरपाटन संवाददाता
  • असोज ३१ २०८२, शुक्रबार

काठमाडौं / संसद् पुनर्स्थापनाको पक्षमा जनपरिचालन गर्ने एमालेको निर्णयप्रति उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले असहमति जनाएका छन्। केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष ओलीले चुनावमा भन्दा पनि संसद् पुनर्स्थापनाको पक्षमा जोड दिएपछि उपाध्यक्षद्वयले असहमति राखेका हुन्।

विद्या भण्डारीको सदस्यता नवीकरण गरौं भन्नेलाई ओलीको जबाफ- ‘माइती बनेर नआउनू’

बैठक समापनको अवसरमा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरणको माग गर्नेलाई माइती नबन्न भनेका छन्। केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जबाफ दिने क्रममा अध्यक्ष ओलीले विद्या भण्डारीलाई आफूले राम्ररी चिन्ने बताएका थिए।

‘कोही यहाँ विद्या भण्डारीको माइती बनेर आउनु पर्दैन। म विद्या भण्डारीलाई राम्रै जान्दछु। उहाँ असजिलो अवस्थामा हुनुहुँदा उहाँको उपचार गर्न निर्णय गर्न लगाएको थिएँ,’ उनले भने। त्यतिबेला आफूले पाँच लाख रूपैयाँ सहयोग उठाइदिन्छु भनेर आग्रह समेत गरेको बताए। ‘म उहाँको अप्ठ्यारो बेलाको साथी हुँ। कसैले यहाँ ठूलो कुरा नगरौं। म सजिलो हेलाँको होइन, असजिलो हेलाँको साथी हुँ,’ उनले भने।

पूर्वराष्ट्रपति भण्डारीले नै आफै आएर आफूलाई सघाउनुपर्ने ओलीको जबाफ थियो। जारी केन्द्रीय कमिटी बैठकमा भण्डारीको सदस्यता नवीकरण गर्न करिब ५० जना सदस्यहरूले माग गरेका थिए। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित पदाधिकारीहरू पनि उनको सदस्यता नवीकरणको पक्षमा उभिएका थिए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->