सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

निर्वाचनमा नजाने ओलीको घोषणाप्रति राष्ट्रपति असन्तुष्ट

निर्वाचनमा नजाने ओलीको घोषणाप्रति राष्ट्रपति असन्तुष्ट


  • ढोरपाटन संवाददाता
  • कार्तिक १ २०८२, शनिबार

काठमाडौं / राष्ट्रपति रामचन्द्र पौडेल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचनमा नजाने घोषणाप्रति असन्तुष्ट देखिएका छन् । बौद्धिक समुदायका अगुवाहरूसँग शनिबार भएको छलफलका क्रममा उनले एमाले अध्यक्ष ओलीले शुक्रबार गरेको घोषणाप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।

निवर्तमान प्रधानमन्त्री ओलीले शुक्रबार केन्द्रीय कमिटी बैठकको समापनमा सम्बोधनका क्रममा आगामी २१ फागुनका लागि तय भएको निर्वाचनमा सहभागी नहुने घोषणा गरेका थिए ।  ‘एमालेको भूमिकाबारे एकछिन छलफल भयो,’ शीतलनिवासमा भएको छलफलमा सहभागी एक अगुवाले भने, ‘राष्ट्रपतिज्यू एमालेको हिजोको निर्णयबाट असन्तुष्ट हुनुहुन्थ्यो ।’
छलफलमा सहभागी अर्का अगुवाले पनि एमालेको पछिल्लो निर्णयप्रति राष्ट्रपति पौडेलले असन्तुष्टि व्यक्त गरेको प्रतिक्रिया दिए ।

एमाले अध्यक्ष ओलीबाहेकका नेताहरूले राष्ट्रपतिसँगको भेटमा निर्वाचनमा जानुपर्ने धारणा राखेको जानकारी आफूहरूलाई दिइएको ती अगुवाले बताए । ‘एमाले अध्यक्षबाहेकका नेताहरूसँग राष्ट्रपतिले भेट्नुभएको रहेछ । उहाँहरूले निर्वाचनमै जानुपर्छ भएको रहेछ,’ ती अगुवाले राष्ट्रपतिको भनाइ उद्धृत गर्दै भने ।

राष्ट्रपति पौडेलले ओलीकै सिफारिसमा आफूले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेको पनि छलफलका क्रममा बताएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->