सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

वर्तमान अवस्थामै निर्वाचन हुन सक्दैनः उपमहासचिव ज्ञवाली

वर्तमान अवस्थामै निर्वाचन हुन सक्दैनः उपमहासचिव ज्ञवाली


  • सागर पोख्रेल
  • कार्तिक २ २०८२, आइतबार

नवलपुर / नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञावलीले बर्तमान अवस्थामै निर्वाचन हुन नसक्ने बताएका छन्। जेनजी आन्दोलनमा भएको आगजनी पछि नयाँ स्थानमा सञ्चालन गरिएको एमाले नवलपुरको पार्टी कार्यालय उदघाटन गर्दै ज्ञवालीले सो कुरा बताएका हुन् ।

सुरक्षाको कारण आगामी फागुन २१ मा निर्वाचन हुनै नसक्ने ज्ञवालीको भनाई थियो । ‘अहिलेको नै अवस्थामा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित हुनेमा शंका छ ।’ उपमहासचिव ज्ञवालीले भने,  ‘लुटिएका हतियार, गोली र प्रहरीका पोशाक साथै फरार कैदीबन्दीहरु नियन्त्रणमा लिएरमात्रै निर्वाचन सम्भव छ ।’

भयरहित अवस्थामा हुने निर्वाचनमा मात्रै एमाले सहभागी हुने उनले बताए । निर्वाचनको मिति घोषणापछि सरकारको भूमिकामाथि प्रश्न उठाउँदै सरकारले जेनजीको आडमा राजनीतिक दललाई निषेध गर्न खोजीएको टिप्पणी गरे ।

अहिलेपनि पार्टीका नेताहरुलाई कसरी मुद्दा चलाउन सकिन्छ भन्दै गृहमन्त्री अख्तियार, सम्पती सुद्धिकरण र प्रहरी प्रशासनमा दैनिक धाएको बताउदै सरकारले नै भयरहित र सबैको सहभागीतामा निर्वाचन गराउन नचाहेको आरोप लगाए ।

एमाले केन्द्रिय कमिटिको बैठकले संबिधानको रक्षाका लागि प्रतिनिधि सभा पुनस्र्थापनाको पक्षमा निर्णय गरेको बताए । वर्तमान पार्टी नेतृत्व परिवर्तन बेमौसमप् खेती भएको भन्दै ज्ञवालीले कुनैपनी कमाण्डरले जिम्मेवारी लिई सकेपछि जिम्मेवारी पुरा गरेर मात्र जिम्मेवारी हस्तान्तरण गर्ने भएकोले अहिले नेतृत्व परिवर्तन हुन नसक्ने बताए ।

जेनजीहरुले उठाएको माग र आन्दोलनमा घुसपैठ भएको बताउदै जेनजी भाईबैनीहरुले भ्रष्टचार मुक्त समाज र सुशासनको विषय उठाएको बताउदै उनले घुसपैठबाट सत्ता परिवर्तन र राज्य, व्यावसायी र व्याक्तिगत सम्पतीको तोडफोड र आगजनी गरेको बताए ।
उपमहासचिव ज्ञवालीले जेनजी आन्दोलनको क्रममा आगजनी भएको नेकपा एमाले नवलपुरको भवनको समेत निरिक्षणगरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->