सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

धारिलो हतियार देखाई विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुई जना पक्राउ

धारिलो हतियार देखाई विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुई जना पक्राउ


  • ढोरपाटन संवाददाता
  • कार्तिक २ २०८२, आइतबार

पोखरा/  धारिलो हतियार देखाई जर्मन नागरिकमाथि अभद्र व्यवहार गर्ने दुई जना युवकलाई कास्की प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ का २४ वर्षीय नविन बिक र तनहुँको व्यास नगरपालिका– ५ का २१ वर्षीय विशाल दर्लामी छन्। दुवैजनालाई एक थान खुकुरीसहित पक्राउ गरिएको कास्की प्रहरीका सूचना अधिकारी एवं डिएसपी हरिबहादुर बस्नेतले जनाए । घटना आइतबार बिहान करिब ९ बजेतिर पोखरा महानगरपालिका–२२ स्थित अनदु जंगल नजिक सार्वजनिक स्थानमा भएको हो। सो समयमा ६७ वर्षीय जर्मन नागरिक एन्स पिटर मार्टिन एक्लै हिँडिरहेका बेला आरोपित दुई जनाले खुकुरी देखाई हातपात गर्दै अभद्र व्यवहार गरेको प्रहरीले जनाएको छ।

घटनाबारे सूचना प्राप्त भएपछि वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले तत्कालै घटनास्थल पुगेर दुवैजनालाई नियन्त्रणमा लिएको हो। प्रहरीले उनीहरूबाट बरामद एक थान खुकुरी समेत सार्वजनिक गरेको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->