सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

तिहारले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्व भावना अभिवृद्धि गर्न उत्प्रेरित गरोस्ः प्रदेश प्रमुख भट्ट

तिहारले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्व भावना अभिवृद्धि गर्न उत्प्रेरित गरोस्ः प्रदेश प्रमुख भट्ट


  • ढोरपाटन संवाददाता
  • कार्तिक ३ २०८२, सोमबार

पोखरा/  गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालीहरूको दोस्रो महान पर्व तिहार, २०८२ को अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना  दिएका छन् ।

भट्टले तिहार पर्वले सबैमा नयाँ उत्साह, जोश तथा जाँगर थप्दै नेपालीहरूबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्व भावना अझ अभिवृद्धि गर्न उत्प्रेरित गरोस् भन्ने शुभेच्छा व्यक्त गरेका हुन् । ‘दीपावलीको माध्यमबाट प्रकट हुने उज्यालो प्रकाशले हामी सबैलाई सत्य र न्यायको मार्गमा अग्रसर रहन पथ प्रदर्शन गर्न सकोस् भन्ने कामना गर्दछुऽ’ उनले भनेका छन्  ।

शुभकामना सन्देशमा उल्लेख छ – ‘तिहारको अन्तिम दिन मनाइने भाइटीका पर्वले दाजुभाइ र दिदीबहिनीबीचको आपसी स्नेह र प्रेमलाई थप प्रगाढ बनाउन मद्दत गरिरहेको छ । तिहार पर्वको अभिन्न अंगको रूपमा रहेको देउसीभैलो खेल्ने साँस्कृतिक परम्पराले आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सद्भाव र सहिष्णुता अझ सुदृढ बन्नेछ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->