सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

नेपाल संवतले नेपालीलाई एकतावद्ध रहन प्रेरणा मिलोस्ः प्रदेश प्रमुख भट्ट

नेपाल संवतले नेपालीलाई एकतावद्ध रहन प्रेरणा मिलोस्ः प्रदेश प्रमुख भट्ट


  • ढोरपाटन संवाददाता
  • कार्तिक ५ २०८२, बुधबार

पोखरा/ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपाल संवत्ले नेपालीलाई एकतावद्ध हुन प्रेरणा प्रदान गर्ने बताएका छन् । नेपाल संवत् ११४६ को अवसरमा एक शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख भट्टले यस चाडले हामी सबैको एकतालाई मजबुत बनाओस् भनि कामनासमेत गरेका छन् ।

प्रदेश प्रमुख भट्टको सन्देशमा नेपाल संवत् मौलिक संवत् भएको, नेपालबाट प्रचलनमा ल्याइएको र परोपकारका कामबाट सुरु गरिएको उल्लेख गरिएको छ । उनले सन्देशमा भनेका छन्, ‘नेपाल संवत्ले हामीलाई परोपकार तर्फ प्रेरित गरोस्, उज्यालो तर्फ जान प्रेरित गरोस् र यस चाडले हामी सबैको एकतालाई मजबुत बनाओस् ।’

नेपाल संवत्का प्रवर्तक शंखधर शाख्वाको स्मरण गर्दै प्रदेश प्रमुख भट्टले शाख्वाको योगदानको कदर गर्दै राष्ट्रिय विभूती घोषणा गरिएको उल्लेख गरे । ‘नेपाल संवत्को प्रचलन र गरिवी उन्मूलनको अभियान थालनी गरेबाट समाजमा शान्ति स्थापना, नेपाली जनताको स्वतन्त्रता र स्वाभिमान बढाउन गरेको ऐतिहासिक योगदानले राष्ट्रको गौरव बढाएकोमा उहाँलाई राष्ट्रिय विभूति पदले सम्मानित गरिएको हो,’ भट्टले भनेका छन् । शंखधर शाख्वाले गरिबहरुको ऋण मोचन गरिदिएको खुशियालीमा यो संवत् सुरु गरेको स्मरण गर्दै प्रदेश प्रमुख भट्टले सन्देशमा भनेका छन, ‘शाख्वाले ऋणमा डुबेका नेपाली जनतालाई ऋण र दासत्वबाट मुक्त गराई स्वाभिमान र स्वतन्त्रतापूर्वक बाँच्ने अवस्था सिर्जना गरेको र त्यसै अभिप्रायलाई पछ्याउँदै हामीलाई विपन्नता विरुद्ध, गरिबी विरुद्ध लड्न नेपाल संवत्को नयाँ बर्षले मद्दत पु¥याओस । हामीकहाँ भएको असमानताको खाडल पुर्न र एकतालाई मजबुत पार्न मद्दत पु¥याओस् ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->