आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बुटवलबाट बुर्तिबाङ छुटेको जिप पाल्पामा दुर्घटना, १२ जना घाईते

बुटवलबाट बुर्तिबाङ छुटेको जिप पाल्पामा दुर्घटना, १२ जना घाईते


  • अनिष पाठक
  • कार्तिक ५ २०८२, बुधबार

बागलुङ (खरबाङ)/पाल्पा जिल्लाको तानसेन नगरपालिका वडा नं. १३ को बैकुण्ठे भिरमा बुधबार जिप दुर्घटना हुँदा १२ जना घाईते भएका छन् । बुटवलबाट बुर्तिबाङका लागि छुटेको जिप रानीमहल सडक खण्डमा दुर्घटना भएको हो ।

चालकसहित १४ जना सवार जिपका १२ जना घाईते भएको र दुई जनाको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक होम प्रकाश चौधरीले जानकारी दिए । घाईतेमध्ये बागलुङको बडिगाड गाँउपालिका–७ का २९ वर्षिय कल्पना विक र नवलपरासी बर्दघाट नगरपालिका–१० का ४६ वर्षिय चन्द्र कुमारी रोकाको अबस्था मध्यम छ । उनीहरुको अहिले मिसन अस्पताल पाल्पामा उपचार भईरहेको छ ।

प्रहरी नायब उपरीक्षक होम प्रकाश चौधरीका अनुसार, दुर्घटनामा बडिगाड गाँउपालिका–७ का सवारी चालक ३९ वर्षिय चितमान गुरुङसहित सोही स्थानका ४४ वर्षिय केशव गुरुङ, १८ वर्षिय सपना गुरुङ, ११ वर्षिय शिशिर विक समान्य घाईते भएका छन् ।

यस्तै निसीखोला गाउँपालिका–१ का ७ वर्षिय सृष्टि विक तथा ४७ वर्षिय दिल बहादुर थापा घाईते भएका छन् । पाल्पा जिल्लाको बगनाशकाली गाँउपालिका–८ का ३३ वर्षिय टिका न्यौपाने र १० वर्षिय रिदम न्यौपानको अवस्था पनि सामान्य छ ।

नवलपरासी बर्दघाट नगरपालिका–१० का २२ वर्षिय आशा कुमारी रोका र रुपन्देहीको सैनामैना नगरपालिका–३ का २७ वर्षिय हुमा छन्यालको अवस्था पनि सामान्य छ भने अन्य दुई जना सकुशल रहेको उनले जानकारी दिए । घाईते सबैको मिसन अस्पतालमा उपचार भईरहेको र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको प्रहरी नायब उपरीक्षक होम प्रकाश चौधरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->