सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

बोलेरो जीप दुर्घटनामा तीन जनाको घट्नास्थलमा मृत्यु

बोलेरो जीप दुर्घटनामा तीन जनाको घट्नास्थलमा मृत्यु


  • ढोरपाटन संवाददाता
  • कार्तिक ७ २०८२, शुक्रबार

काठमाडौं / सोलुखुम्बु जिल्लाको माप्य दूधकोशी गाउँपालिकाबाट महाकुलुङ गाउँपालिकाका लागि छुटेको प्रदेश नम्बर १–०३१ च ५९२५ नम्बरको बोलेरो जिप माप्य दूधकोशी गाउँपालिका-६ को भिरकुनामा दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

बिहीबार साँझ भएको दुर्घटनामा छ जना घाइते भएका छन् । जिपमा सवार चालकसहितसबै यात्रु सोलुुखुम्बुको महाकुलुङ गाउँपालिकाका बासिन्दा रहेको खुलेको छ । दुर्घटना भएको बोलेरो गाडी ब्रेक फेल भएर सडकबाट अन्दाजी छ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

मृत्यु हुनेहरुमा महाकुलुङ गाउँपालिका– ३ छेस्कामका १६ वर्षीय हवी राई, २० वर्षीय शान्ति राई र १७ वर्षीय निर्जला राई रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार घाइते हुनेहरु माहकुलुङ ३ का ३२ वर्षीय श्रीध्वज राई, माहकुलुङ ४ का १६ वर्षीय गङ्गा राई, १८ वर्षीय बस्तीकला राई, १६ वर्षीय समया राई र सजना राई र १० वर्षीय उमेश राई रहेका छन् ।

जिपमा सवार ११ जनामध्ये दुई जना सकुशल रहेको प्रहरीले जनाएको छ । कार्यालयका अनुसार घाइतेहरूको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको छ भने मृतकहरूको शव महाकुलुङ अस्पताल पठाइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->