रुकुम पश्चिम / जिल्ला सदरमुकाम मुसिकोट खलंगाबाट आठविसकोट नगरपालिकाको स्यालाखदीतर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा कम्तिमा ५ जनाको ज्यान गएको छ । घटनास्थल खलंगाबाट करिब ३५ किलोमिटरको दूरीमा पर्छ । रा १ ज ४२२ नम्बरको बोलेरो जिप बाँफिकोट गाउँपालिका–७ लिस्ने भिरमा दुर्घटना भएको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरि पुनका अनुसार अहिलेसम्म ५ जनाको ज्यान गएको छ । ‘अहिलेसम्म ५ जनाको ज्यान गएको भनिएको छ । तर उनीहरुको पहिचान खुल्न सकेको छैन । अरु क्षतिबारे पनि विस्तृत आइसकेको छैन । हामी घटनास्थालतर्फ जाँदैछौं । त्यसपछि थप भन्न सकिएला’ उनले भने । जिपमा कति यात्रु सवार थिए भन्ने खुलिसकेको छैन ।





