सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

लेक लागेर मनाङमा एक जनाको मृत्यु

लेक लागेर मनाङमा एक जनाको मृत्यु


  • ढोरपाटन संवाददाता
  • कार्तिक ८ २०८२, शनिबार
सांकेतिक तस्विर एआई

लमजुङ/ मनाङको नार्पाभूमि गाउँपालिका–४, काङला फेदी क्षेत्रमा लेक लागेर लमजुङको क्व्होलासोथर गाउँपालिका–४, भुजुङका ४८ वर्षीय डिलबहादुर गुरुङको शनिबार मृत्यु भएको छ ।

मनाङका प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालका अनुसार काङला फेदी (करिब ४,५०० मि.) बाट पर्यटकको सामान बोकेर फर्कने क्रममा लेक लागेर उनी बेहोस भएका थिए । घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी निरीक्षक अर्जुन बस्नेतको कमाण्डमा २ जनाको टोली एयर डाइनेस्टीको हेलिकोप्टरमार्फत उद्धार गरी गुरुङलाई प्रहरी सहायक हवल्दार कृष्ण कामीको साथमा उपचारका लागि पोखरा मणिपाल शिक्षण अस्पताल पठाइएको थियो । डिलबहादुरको उपचारका क्रममा मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ।

अस्पतालमा बिहान १०.५६ बजे चिकित्सकले उनको मृत्यु पुष्टि गरेको जिल्ला प्रहरी कार्यालय मनाङका सूचना अधिकारी प्रहरी निरीक्षक अर्जुन बस्नेतले जानकारी दिए । मृतकका भाइ केशबहादुर गुरुङले प्रहरीलाई बताएअनुसार शनिबार बिहान करिब ६ बजे डिलबहादुरलाई लेक लागेको थियो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->