बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

होटलमा कोठा नपाएकालाई निजी घरमा बास

होटलमा कोठा नपाएकालाई निजी घरमा बास

म्याग्दीको अन्नपूर्ण बेसक्याम्पसबाट फर्किएका ६ जनालाई बेनी न्यूरोडस्थित नमस्ते मोबाइल सेन्टरका सञ्चालक अजुर्न आचार्यले आफ्नो घरमा राखेका थिए ।


  • हरिकृष्ण गौतम
  • कार्तिक ८ २०८२, शनिबार

म्याग्दी/अतिथि देवो भवः । हामी पूर्वीयहरूको संस्कृति। पाहुना आउँदा घरमा लक्षिन भित्रिन्छ। पाहुनाले खाएर सकिंदैन। जति खान्छन् त्योभन्दा कयौं गुणा धनधान्य बढ्छ भन्ने मान्यता छ । उहिले गाउँघरमा पाहुना आउँदाको झल्को दिने गरी अहिले पनि समस्यामा परेका पाहुनालाई गाउँदेखि सहरबजारमा बास दिने गरिन्छ । यसको बेलाबोलमा उदाहरण समेत हाम्रो समाजमा भेटिन्छ ।

म्याग्दीको अन्नपूर्ण बेसक्याम्पसबाट फर्किएका ६ जनालाई बेनी न्यूरोडस्थित नमस्ते मोबाइल सेन्टरका सञ्चालक अजुर्न आचार्यले आफ्नो घरमा राखेका थिए । ‘उहाँहरूले कोठा नपाएको जानकारी आएपछि मैले घरमा राखे, साँझका पाहुना देवता स्वरुप मानिन्छन्, हामीले स्वागत गर्न पाइयो, यो सिजनमा होटलमा कोठा नपाएकालाई कोठा भएमा एक रात घरमा पनि राख्न सकिन्छ’ आचार्यले भने । साँझमा आएका पाहुनाले बास दिएपछि विहान अर्शिवाद दिएर घर फर्किएको आचार्यको भनाई छ ।

दशैंतिहारसँगै छठ पर्वसम्म विदा भएकाले पर्यटकहरूको ठूलो संख्या म्याग्दी र मुस्ताङ खण्डमा निस्किएपछि यहाँका होटल तथा लजहरू भरिभराउ भएका छन् । म्याग्दीका पर्यटकीयस्थल तथा मुस्ताङबाट फर्किने क्रममा समस्यामा परेका पर्यटकलाई म्याग्दी उद्योग वाणिज्य संघले समेत आवश्यक समन्वय गरिरहेको अध्यक्ष सुविन श्रेष्ठले बताए ।

‘एकरात बास बस्न समस्या भएकालाई सामाजिक संघसंस्थाको भवनमा भएपनि ब्यवस्थापन गर्ने प्रयासमा छौ, कोठा नपाएमा हामीलाई सम्पर्क गर्नुहोला, समन्वयको प्रयास निरन्तर हुन्छ’ अध्यक्ष श्रेष्ठले भने । अध्यक्ष श्रेष्ठले म्याग्दी र मुस्ताङ धार्मिक क्षेत्र भएकाले समेत यहाँ आउने पर्यटक तीर्थयात्रीको रुपमा सम्मान गर्नुनर्पे बताउनुभयो । शुक्रबार करिब ४० जनालाई होटल बाहेक बैकल्पिक स्थानमा ब्यवस्थापन मिलाइएको थियो ।

म्याग्दीमा कोठा नपाएकालाई गलेश्वर शिवालय क्षेत्र विकास कोष, गलेश्वर अन्न क्षेत्रमा समेत बास बस्ने सुविधा मिलाइएको थियो । जिल्लाभित्र प्रवेश गरेर समस्यामा परेका पर्यटकलाई जिल्लाका सरोकारवाला निकायले समेत समन्वय र सहजीकरण गरिरहेका छन् ।

सदरमुकाम बेनीबजार तथा आसपासका क्षेत्रमा रहेका सार्वजनिक संघसंस्थाको भवनमा एक रातका लागि सामुहिक बसाईका लागि भइरहेको पहलले समेत रातको समयमा कोठा नपाउने पर्यटकलाई राहत मिल्ने छ । होटल ब्यवसायीका अनुसार मंगलबारसम्म पोखरा–बेनी–जोमसोम सडकखण्ड अन्तरगत मुस्ताङका साना तथा ठूला होटलमा थामिनसक्नु भीड हुने छ भने अधिकांस होटल बुकिङ छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->