पोखरा/कुकुर तिहारको विहान गण्डकी प्रदेश प्रहरी कार्यालय मातहतको केनाइनमा तालिम प्राप्त कुकुरको पूजा गरिदैँ थियो । प्रहरीलाई अपराध तथा कुनै घटनाको अनुसन्धानमा सघाउने ९ वटा कुकुरको पूजा गर्दै गर्दा म्याग्दीबाट फोन गयो ।
म्याग्दीमा डग सर्च (कुकुरद्धारा खोजी) गर्नुपर्ने भएकाले जानुपर्ने भयो । कुकुरको पूजा गरि तत्काल एक कुकुर ‘ज्याक’ सहित केनाइनका इन्जार्च प्रहरी नायब निरीक्षक मिलन केसी, प्रहरी हवल्दार दिपककुमार राउत, कुकुर परिचालक प्रहरी जवान अनिल थापा त्यसतर्फ लागे ।
उता म्याग्दीको बेनी नगरपालिका–६, जामुनाखर्ककी ९५ वर्षिय सानिमायाँ खत्री असोज २९ गतेबाट सम्पर्कविहिन भएकी थिइन् । परिवार र आफन्तले भरपुर खोजतलास गरेपछि पनि नभेटिएपछि उनीहरुले प्रहरीलाई खोजीकार्यका लागि अनुरोध गरेका थिए । कात्तिक २ गते पोखराबाट पुगेको टोलीले जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी सहायक निरीक्षक सरोज मजाकोटीको समन्वयमा घटनास्थलतर्फ लाग्यो ।
केनाइनसँग चार विषयमा अनुसन्धान गर्ने ९ वटा कुकुर रहेका छन् । जसले ट्रयाकर, सर्च एण्ड रेस्क्यु, लागुऔषध र विस्फोटक पदार्थको अनुसन्धान गर्छन् । जसअन्तरगत लागुऔषधको अनुसन्धान गर्न २ वटा, ट्रयाकर सम्बन्धि १, विष्फोटक पदार्थ सम्बन्धि ४ र रेस्क्यु सम्बन्धि २ वटा कुकुर छन् ।
ज्याक रेस्क्यु विधाको भरर्खरै तालिम लिदैँ गरेको कुकुर हो । २ वर्षको मात्रै पुगेको ज्याकलाई चार जिल्लामा परिचाल गरेपनि सिकारु भएकाले सफलता हात पार्न भने सकेको थिएन् । त्यहि सिकारु ज्याकको भरमा केनाइन म्याग्दी पुग्यो । २ गते खोजी केही संकेत छोडेर बेनी फर्किएको ‘ज्याक’ पैदल हिड्न मुस्किल हुने घरभन्दा तलको खोरीयामा प्रवेश गर्दै गयो ।
प्रहरीको टोलीले ज्याकलाई पछ्याए । सानीचौतारीको तल खोरियाको अफ्ठारो ठाउँमा बृद्धा खत्रीको शब भेटियो । करिब सतक पुग्न लागेकी बृद्धा हराउँदा आफन्त र गाउँले चिन्तित भइरहेको अवस्थामा ‘ज्याक’ ले घर नजिकै पुगेर शब फेला पा¥यो । प्रहरीले मुचुल्का तयार गरी शब लिएर बेनी आयो । नेपाल प्रहरीको गण्डकी प्रदेशको केनाइन शाखाका जन्मिएको ‘ज्याक’ बेल्जियम सेफर्ड हो । यो ज्याकको पहिलो सफलता हो ।
‘अनुसन्धानमा खटिएको ज्याकको यो पहिलो सफलता हो, हामी निकै उत्साहित भएर फर्किएका छौ, शब भेटिएपछि केहीबेर आराम समेत ग¥यो’ केनाईन शाखा इन्चार्ज प्रनानी केसीले भने । ज्याकले बोल्ने तरिका र लवजको आधारमा आफ्नो जिम्मेबारी पूरा गरेको केसीले बताए । ज्याकको क्षमता, सिकाइ र व्यवहार मानवमैत्री छ । उनले आफ्नो जिम्मेबारी पूरा भएपछि ‘ज्याक’ समेत समेत खुसीको भाब प्रस्तुत गरेको थियो ।





