सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

बुधबार बिहानसम्म भारी हिमपात र मध्यम वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

बुधबार बिहानसम्म भारी हिमपात र मध्यम वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह


  • ढाेरपाटन संवाददाता
  • कार्तिक १० २०८२, सोमबार

पोखरा/  पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेका कारण सोमबार रातीदेखि बुधबार बिहानसम्म गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थाथनमा र बाँकी प्रदेशका पहाडी र हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपात र वर्षाको संभावना रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ। विभागले पोस्ट मनसुन विशेष मौसम बुलेटिन जारी गर्दै देशभर वर्षा र हिमपातको सम्भावना रहेको जनाएको हो ।

विभागका अनुसार गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी हिमपातको पनि सम्भावना रहेको छ। यसपटकको सम्भावित हिमपात र वर्षाको कारणले दैनिक जन–जीवन, पर्वतारोहण लगायत कृषि, पर्यटन क्षेत्रमा समेत असर पर्ने विभागको भनाई छ । साथै आवस्यक सतर्कता अपनाउन सर्वसाधारण्ढा तथा सरोकारवाला निकायलाई आग्रह गरेको छ ।

विशेष गरी उच्च पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्दा वा सो क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरूलाई विशेष सावधानी अपनाउन विभागले सुझाएको छ ।यस प्रणालीलाई मौसम पूर्वानुमान महाशाखाले निरन्तर अनुगमन गरिरहेको र सोही अनुसार नियमित रूपमा अद्यावधिक गर्दै जाने पनि विभागले बताएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->