स्याङ्जा/ डियुटीमा खटिएका प्रहरीमाथि हातपात गर्दै अपशब्द बोलेको आरोपमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पुतलीबजार नगरपालिका–३ का सौगिल गुरुङ र ३२ वर्षीय सौजन गुरुङ रहेका छन् ।
पुतलीबजार–३ बाडखोलामा देउसी–भैलो खेल्ने विषयमा वादविवाद हुँदा सुरक्षामा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको स्याङ्जा प्रहरीका निमित्त सूचना अधिकारी प्रवेश तिवारीले जानकारी दिए । उनीहरुलाई जिल्ला प्रशासन कार्यालयमा अभद्र व्यवहार कसुर मुद्दा दर्ता गरी १० दिनको म्याद थप गरिएको उनको भनाई छ । प्रहरीले सौगिललाई शुक्रबार र सौजनलाई शनिबार नियन्त्रणमा लिएको थियो ।





