बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

आँबुखैरेनी–मुग्लिङ सडक सोमबार राती दुई घण्टा बन्द हुने

आँबुखैरेनी–मुग्लिङ सडक सोमबार राती दुई घण्टा बन्द हुने


  • ढाेरपाटन संवाददाता
  • कार्तिक १० २०८२, सोमबार

तनहुँ/ पृथ्वी राजमार्गअन्तर्गत आँबुखैरेनी–मुग्लिङ सडक खण्डको आँबुखैरेनी गाउँपालिका–४ साँखरमा सोमबार राति २ घण्टका लागि बन्द हुने भएको छ । उक्त स्थानमा गएको पहिरो नियन्त्रण कार्यका लागि सडक बन्द गर्न लागिएको हो ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सिर्जना रेग्मीका अनुसार उक्त सडक खण्डको पहिरो नियन्त्रण कार्यका लागि अध्ययन गर्नुपर्ने भएकाले कात्तिक १० गते रातिको १२ देखि बिहान २ बजेसम्म यातायात सञ्चालन अवरुद्ध हुने भएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->