सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

सोमबार रातीदेखि हिमपात र वर्षाको सम्भावना

सोमबार रातीदेखि हिमपात र वर्षाको सम्भावना


  • ढोरपाटन संवाददाता
  • कार्तिक १० २०८२, सोमबार

काठमाडौं/जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले सोमबार रातिदेखि तीन दिन हिमपातको सम्भावना रहेको बताएको छ । महाशाखाले सोमबार विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ ।

सोही प्रभावका कारण सोमबार रातिदेखि कात्तिक १२ गते बुधबार बिहानसम्म गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको जनाएको छ ।

यसैगरी, गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक, दुई स्थानमा भारी हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले सम्भावित हिमपात र वर्षाको कारणले दैनिक जन–जीवन, र्पतारोहण लगायत कृषि, वर्यटन क्षेत्रमा समेत असर पर्ने सम्भावना भएकोले आवश्यक सतर्कता अप्नाउन सर्वसाधारण तथा सबै सरोकारवाला निकायमा अनुरोध पनि गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->