तनहुँ / पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२ एक्लेफाँटमा सवारी दुर्घटना हुँदा एक महिलाको ज्यान गएको छ । अन्य १३ जना घाइते भएका छन् ।
मंगलबार दिउँसो १२ बजेर २० मिनेटको समयमा चितवनबाट लमजुङतर्फ जाँदै गरेको बा प्र ०३–००१ ज ०९३७ नम्बरको इभी माइक्रोबसले नियन्त्रण गुमाएर सडक छेउको भित्तामा ठोक्किई त्यहाँ रोकिएको अवस्थामा रहेको नेपाल विद्युत प्राधिकरणको बा १ ञ १२८७ नम्बरको सवारीसँग ठक्कर खाँदा दुर्घटना भएको आँबुखैरेनी इलाका प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते चितवनको भरतपुर–१६ की ५५ वर्षीया बुधमाया तामाङको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा माइक्रोबसमा सवार लमजुङ बेंसीसहर–८ का ४२ वर्षीय चालक इश्वरकुमार श्रेष्ठ, चितवन भरतपुर–१६ की ४५ वर्षीया शान्तामाया तामाङ, ४८ वर्षीया कमई तामाङ, होमकुमारी तामाङ, गंगाबहादुर तामाङ, डोलराज तामाङ, गंगा तामाङ, मैतीमया तामाङ, इन्द्रकुमारी तामाङ, गममाया तामाङ, मंगली तामाङ र पाँच वर्षीया सिर्जना तामाङ गरी १३ जना घाइते भएका छन् । घाइतेहरुको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ ।





