बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

सरकारी अस्पतालका नर्सद्वारा निजी अस्पतालका नर्सकाे आन्दोलनमा ऐक्यवद्धता

सरकारी अस्पतालका नर्सद्वारा निजी अस्पतालका नर्सकाे आन्दोलनमा ऐक्यवद्धता


  • ढाेरपाटन संवाददाता
  • कार्तिक १२ २०८२, बुधबार

पोखरार/ निजी अस्पतालका नर्सहरूले सरकारी सरह तलब र सुविधाको माग गर्दै सुरु गरेको आन्दोलनमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नर्सले पनि ऐक्यवद्धता जनाएका छन् । उनीहरुले बुधबार बिहान १० बजेदेखि १२ बजेसम्म आपतकालीन र आईसीयू बाहेकका सेवा रोक्दै ऐक्यबद्धता प्रदर्शन गरे । करिब दुई सय जना नर्स अस्पताल परिसरमा भेला भई नारा लगाउँदै आन्दोलनमा समर्थन जनाएका थिए ।

नेपाल मणिपाल शिक्षण अस्पतालबाट सुरु भएको आन्दोलन अहिले देशभरी चलिरहेको छ । पोखरामा पनि मणिपालपछि गण्डकी मेडिकल कलेज, चरक मेमोरियल अस्पताल हुँदै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नर्स पनि आन्दोलनमा उत्रेका हुन् । उनीहरुले श्रम शोषण गर्न पाइँदैन, नर्सको तलब वृद्धि सर, सरकारी दर रेट अनुसार तलब देउ लगायत नारा लगाउँदै अस्पताल परिसरमा आन्दोलन गरेका हुन् ।

यसअघि नेपाल नर्सिङ संघले आन्दोलनको नेतृत्व लिँदै सरकारलाई कात्तिक १८ गतेभित्र माग सम्बोधन गर्न चेतावनी दिएको छ । संघको निर्णयअनुसार हाल दैनिक बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म अत्यावश्यकबाहेकका सेवा बन्द राख्ने कार्यक्रम सञ्चालन भइरहेको छ । बुधबार देशभरका विभिन्न अस्पतालका नर्सहरूले सो समयमा सेवामार्फत दबाब सिर्जना गरेका थिए ।

निजी अस्पताल सञ्चालकहरूले भने आर्थिक अवस्थाका कारण सरकारी सरह तलव सुविधा दिन नसक्ने बताउँदै आएका छन् । नर्सहरूको मागबारे अध्ययन गर्न सरकारले उच्चस्तरीय समिति गठन गरेको छ । समितिले सातै प्रदेशमा कार्यदल बनाएर अवस्थाको मूल्यांकन गर्न र दीर्घकालीन समाधानका सिफारिससहित प्रतिवेदन पेश गर्ने तयारी गरेको बताइएको छ ।
संघले चेतावनी दिँदै भनेको छ, ‘यदि कात्तिक १८ भित्र माग सम्बोधन भएन भने, देशभरका नर्सहरूले सेवा पूर्णरूपमा बन्द गर्नेछन् ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->