आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

प्रेस चौतारीका अध्यक्ष पाण्डेको घरमा ढुंगामुढा

प्रेस चौतारीका अध्यक्ष पाण्डेको घरमा ढुंगामुढा


  • ढोरपाटन संवाददाता
  • कार्तिक १४ २०८२, शुक्रबार

लमजुङ/  प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेको लमजुङस्थित बेशीसहरमा रहेको घरमा गएराति करिब १२ बजे ढुंगामुढा भएको छ।

ढुंगा प्रहारबाट घरका झ्यालका सिसा फुटेका छन् । पाण्डेको ८२ वर्षीया हजुरआमा सुतेको कोठामा बढी क्षति पुगेको प्रेस चौतारीले जनाएको छ। उक्त घरमा हाल अध्यक्ष पाण्डेकी आमा र हजुरआमा बस्दै आएका छन्।

प्रेस चौतारी नेपालले घटनाप्रति घोर निन्दा गर्दै यसलाई पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर आक्रमण भनेको छ। चौतारीले यो आक्रमण योजनाबद्ध रूपमा गरिएको दाबी गर्दै भदौ २४ गतेदेखि सामाजिक सञ्जालमा अध्यक्ष पाण्डेविरुद्ध उत्तेजक स्टाटस लेखी आक्रमण गर्न आह्वान गरिएको र गएराति सोही अनुसार घटना घटेको दाबी गरेको छ।

संस्थाले अध्यक्षलाई डर देखाएर प्रेस चौतारीका कलमजीवीहरूलाई दबाउने प्रयास सफल नहुने चेतावनी दिएको छ। प्रेस चौतारी नेपालले घटनाको निष्पक्ष, छिटो र प्रभावकारी अनुसन्धान गरी संलग्न व्यक्तिहरूलाई कानुनी कारबाही गर्न सुरक्षा निकाय र प्रशासनसँग माग गरेको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->