आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

गलकोट अस्पताललाई सहयोग

गलकोट अस्पताललाई सहयोग

रामबहादुरका छोरा आसबहादुर मल्लले अस्पतालमा १ लाख १० हजार बराबरको सामान र २५ हजार नगद सहयोग गरेका हुन् । सहयोग दिएकोमा १ साथ सेमी फोल्डि बेड, १ थान सिपिएपी मेसिन, १ नाथ न्युमेटिक बेड म्याट्रेस छ ।


  • ढोरपाटन संवाददाता
  • कार्तिक १५ २०८२, शनिबार

बागलुङ/गलकोट नगर अस्पताललाई स्थानीयले सहयोग गरेका छन् । गलकोट नगरापलिका ९ बाँसखोलाका स्वर्गिय रामबहादुर मल्लको स्मृतिमा परिवारका सदस्यले अस्पतालमा आवस्यक पर्ने सामाग्री र उपकरण सहयोग गरेका हुन् ।

रामबहादुरका छोरा आसबहादुर मल्लले अस्पतालमा १ लाख १० हजार बराबरको सामान र २५ हजार नगद सहयोग गरेका हुन् । सहयोग दिएकोमा १ साथ सेमी फोल्डि बेड, १ थान सिपिएपी मेसिन, १ नाथ न्युमेटिक बेड म्याट्रेस छ ।

विभिन्न दाताको सहयोगबाट अस्पताल संचालनमा छ । जनताको स्वास्थ्यलाई पहिलो प्राथमिकता राखेको गलकोट नगरपालिकाले अस्पतालको आवस्यक कर्मचारी तथा स्वास्थ्यकर्मी व्यवस्थापनमा भने लगानी गरेको छ ।

अस्पतालमा सबैखाले उपचार सेवा प्रभावकारी बनाउन अस्पतालका प्रमुख डा. राजेश पौडेल नेतृत्वमा सहयोग संकलन अभियान पनि चलेको छ । उक्त अभियानलाई सफल पार्न विभिन्न देशमा बस्नेहरुले सहयोग पठाएका छन् । नगर उपप्रमुख फमलाल निउरेले बिदेशमा बस्नेहरुको सहयोगबाटै अस्पतालको सेवा प्रभावकारी बनाउन सकिएको बताए । उनले धेरै सेवा सुविधा थप गर्न गलकोटबासीले साथ दिएका बताए ।

सहयोग गर्न पाएर रामबहादुरका छोरा आसबहादुरले पनि खुसी व्यक्त गरेका छन् । अस्पताल व्यवस्थित बनाउन सबैले साथ दिनुपर्ने उनले बताए । अस्पताललाई गलकोट नगरपालिका वडा नंं ७ का छुमबहादुर थापा, घनश्याम थापा, मिनबहादुर थापाले पनि जनही २५ हजार ५ सय ५१ रुपैयाँको दरले नगद सहयोग समेत गरेको पौडेलले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->