सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

३ दिनदेखी हिमपातमा फसेका १५ पर्यटकको उद्धार

३ दिनदेखी हिमपातमा फसेका १५ पर्यटकको उद्धार

नेपाली सेनाको उच्च शिखर शिक्षालयबाट खटिएको उद्धार टोलीले चार हजार नौ सय मिटरको उचाइमा रहेको बतासेडाँडामा ३ दिनदेखी फसेका पर्यटकको शुक्रबार उद्धार गरेको हो ।


  • ढोरपाटन संवाददाता
  • कार्तिक १५ २०८२, शनिबार

पोखरा/भारी हिमपातपश्चात मुस्ताङमा फसेका १५ पर्यटकको शुक्रबार उद्धार गरिएको छ । मुस्ताङको ईलाकामा फसेका तीन विदेशी सहित १५ जना पर्यटकहरुलाई नेपाली सेनाको टोलीले उद्धार गरेर जोससोम ल्याएका छन् । नेपाली सेनाको उच्च शिखर शिक्षालयबाट खटिएको उद्धार टोलीले चार हजार नौ सय मिटरको उचाइमा रहेको बतासेडाँडामा ३ दिनदेखी फसेका पर्यटकको शुक्रबार उद्धार गरेको हो ।

बतासेडाँडामा फेला परेका ति पर्यटकहरुको साधारण स्वास्थ्य परिक्षण पश्चात नेपाली सेनाको इन्द्रबक्स गण, सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी र गैर सैनिक पथ प्रदर्शक सहितको संयुक्त उद्धार टोलीले जोमसोम ल्याएका हुन् ।

मुस्ताङसहित देशभरका हिमाली क्षेत्रमा मंगलबार बिहानैदेखि भारी हिमपात भएको थियो । हिमपातका कारण चराङ–लोमान्थाङ सडकमा सवारी आवागमनमा समस्या उत्पन्न भएको थियो । मंगलबार दिनभरको हिमपातका कारण उपल्लो मुस्ताङदेखि तल्लो मुस्ताङसम्मका डाँडाकाँडा हिउँले सेताम्मे भएका थिए ।

मंगलबार उपल्लो मुस्ताङको घमीदेखि कोरलासम्म र मुक्तिनाथ क्षेत्रमा भारी हिमपात भएको थियो। भारी हिमपातका कारण स्थानीय जनजीवन प्रभावित भएको छ । तिहार सकिएलगत्तै यो वर्ष मुस्ताङ जानेको संख्या ह्वात्तै बढेको थियो ।

पर्यटक मुख्य आकर्षणको गन्तव्य बनेको मुस्ताङमा भारी हिमपातका कारण अहिले जनजिवन प्रभावित बन्नुका साथै पर्यटकहरु समेत विच्चलीमा परेका थिए । हिमपात हुनु अघि मुस्ताङ जानका लागि होटल भरिभराउ भएका कारण होटल बुक गरेर मात्रै आउन प्रशासनले आग्रह गरेको थियो । तर, हिमपात पश्चात भने मौसम खुला भएपछि आउन अनुरोध गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->