आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

मानवअधिकार तथा शान्ति समाजको साधारणसभा

मानवअधिकार तथा शान्ति समाजको साधारणसभा


  • ढोरपाटन संवाददाता
  • कार्तिक १५ २०८२, शनिबार

बागलुङ/मानवअधिकार तथा शान्ति समाज बागलुङको २८ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभामा सहभागिले देशलाई संविधानको मार्गमा हिडाउन सबैको पहल र साथ चाहिएको बताए ।

संविधानसभा सदस्य प्रकाश शर्मा पौडेलले २०६२÷०६३ को आन्दोलनमा मानवअधिकार तथा शान्ति समाजले खेलेको भूमिकाले आन्दोलन सफल भएको, संविधान निर्माणमा पहल भएको तथा देशमा शान्ति र अमनचयनका लागि निरन्तर खवरदारी गरेको बताए ।

‘हिजो संविधान ल्याउने अभियानमा जसरी शान्ति समाजले भूमिका खेल्यो, यसको स्थायित्वका लागि पनि साथ दिओस्’ उनले भने, ‘अहिले पनि संविधान संकटमा छ, राज्य संवैधानिक बाटोमा हिंड्न सकिरहेको छैन, त्यसको निकास दिन सामाजिक दबाव सिर्जना गर्न शान्ति समाजको भूमिका महत्वपुर्ण हुनेछ ।’ मानवअधिकार तथा शान्ति समाज जस्तै नागरिक संस्थाहरुको पहलले राज्यको राजनीतिक संकट समेत निकासमा पुग्ने बताए ।

साधारणसभामा कोषाध्यक्ष अस्मिता गौतमले आर्थिक प्रतिवेदन र सचिव नवराज परियारले सचिवको प्रगती प्रतिवेदन पेश गरेका थिए । समाजले सममामयिक घटनाक्रम, जलवायु परिवर्तत, नागरिक अधिकार लगायतको क्षेत्रमा पहल गर्ने र आवाज उठाउने गरेको छ । समाजका अध्यक्ष फडिन्द्र आचार्यको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->