शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

आर्वामा साहसिक खेलको हब बनाउन ‘एन्ड्युरो साइक्लिङ’

आर्वामा साहसिक खेलको हब बनाउन ‘एन्ड्युरो साइक्लिङ’

एन्ड्युरो साईक्लिङको साहसिक प्रतिस्पर्धा हो । सानो गोरेटो बाटोबाट डाडाँबाट तल झर्ने यो प्रतिस्पर्धा निकै जोखिमपूर्ण मानिन्छ ।


  • ढोरपाटन संवाददाता
  • कार्तिक १६ २०८२, आइतबार

पोखरा/पोखराका सबै जसो डाडाहरुमा पर्यटक पुग्ने गरेका छन् । तर, पोखरा महानगरपालिका १३ आर्वाका डाडामा भने पर्यटक विरलैमात्र जाने गरेका छन् । पर्यटनको प्रचुर सम्भावना बोकेको आर्वालाई प्रबद्र्धन गर्नका लागि विगतका वर्षहरुदेखि साहसिक खेल ‘साइक्लिङ’ को आयोजना गर्दै आइरहेको छ ।

डाउनहिल डष्क प्रालिले आर्वामा दुई संस्करण ‘एन्ड्युरोका साइक्लिङ रेस’ को आयोजना गरिसकेको छ । अन्तर्राष्ट्रिय स्तरको यो प्रतियोगिताको तेस्रो संस्करण समेत यही कार्तिक २७ गतेदेखि आयोजना हुन लागेको छ । आर्वालाइृ साहसिक खेलको हब बनाउने उदेश्यका साथ आयोजना गरिदैँ आएको रेसको तेस्रो संस्करणका लागिसमेत तयारी पूरा भएको छ ।

एन्ड्युरो साईक्लिङको साहसिक प्रतिस्पर्धा हो । सानो गोरेटो बाटोबाट डाडाँबाट तल झर्ने यो प्रतिस्पर्धा निकै जोखिमपूर्ण मानिन्छ । विभिन्न ६ वटा इभेण्टमा प्रतिस्पर्धा गराईने प्रतियोगिताको तयारी पूरा भएको शनिबार आयोजित पत्रकार सम्मेलनमा प्रालिका प्रबन्धन निर्देशक एवं रेस निर्देशक सुनिलचन्द्र शर्माले जानकारी दिए ।

उनका अनुसार साइक्लिङको डाउनहिल एक दशमलव ६ किलोमिटरको दूरीमा विभिन्न ९ देशका साईक्लिष्टले प्रतिस्पर्धा गर्ने छन् । रेसमा नेपालसहित, अष्ट्रेलिया, सिंगापुर, क्यानडा, जर्मन, अमेरिका, ओमान, जापान र श्रीलंकाका साईक्लिष्टहरुलको सहभागिता रहने शर्माले जानकारी दिए । रेसमा ओमानको राष्ट्रिय टिम नै सहभागिता जनाउने उनको भनाइ छ । रेसमा ६० जना साईक्लिष्टले पोखरा एन्ड्युरोमा उपस्थिति जनाउने उनले बताए ।

‘पोखराका डाडाँहरु सराङकोट, काहुँ वा पुम्दी जुन सुकै परिचित छ तर आर्वा भने निकै पछि परेको छ । त्यसैले हामीले आर्वालाई साईक्लिङका हब बनाउने उद्देश्यसहित सन २०२० देखि काम शुरु गरेका थियौं । हामीले विभिन्न ६ वटा ट्रेल बनाएका छौं,’ उनले भने, ‘ट्रेल बनाउदा हाम्रो वार्षिक पाँच लाख रुपैयाँ खर्च हुँदै आएको छ । हामीले अहिलेसम्म २५ लाख रुपैयाँ खर्च गरिसकेका छौं । साईक्लिङको आवश्यक पूर्वाधार बनाउँदै अगाडि बढ्ने हाम्रो योजना छ ।’

पछिल्लो समय प्रतियोगितालाई स्थानियको साथ मिलेको र आगामी वर्षमा उक्त ट्रेल निर्माणमा स्थानीय क्लबले सहयोग गर्ने भएको उनले बताए । अहिले जेन जी आन्दोलनका कारण विदेशमा नेपालको छाप नराम्रो परेको र प्रतियोगितालाई समेत त्यसले असर गरेको सुनाउँदै अघिल्ला संस्करणमा विदेशी राइडरहरुले प्रतियोगिता र ट्रेलको बारेमा सोधपुछ गर्ने गरेपनि यो वर्ष सोधपुछ समेत नगरेको बताए । विषम परिस्थितिमा प्रतियोगिता गर्दा असर पर्ने भएतापनि प्रतियोगितालाई जिवन्त पार्नका लागि आयोजना गरेको उनले सुनाए ।

‘गएको भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनले प्रतिस्पर्धालाई गम्भीर असर गरेको छ । यो अवस्थामा नगरिने पोखराबाटै एन्ड्युरो प्रतिस्पर्धा नै पलायन हुन सक्ने देखेपछि हामीले इभेन्टलाई निरन्तरता दिएका हौं,’ उनले भने । प्रतियोगिताको सुरक्षाको लागि १४ जनाको मेडिकल टिम तयारी अवस्थामा रहने छन् । दुईजना चिकित्सक र चार एम्बुलेन्ससहितको मेडिकल टिमले रेष्क्यु गरिने उनले बताए । प्रतिस्पर्धीले ६ वटा ट्रेल पुरा गर्नुपर्ने हुन्छ ।

जुनियरतर्फ (१२देखि १८ वर्षसम्म), पुरुष एलिट (१९ वर्षमाथि), खुल्ला महिला (१९ वर्षदेखि माथि), माष्टर ए पुरुष (३० देखि ३९वर्षसम्म), माष्टर बी पुरुष (४०देखि ४९ वर्षसम्म) र भेट्रान्स पुरुष ५० वर्षमाथिको उमेर समूहमा प्रतिस्पर्धा हुनेछ । ३० वर्षदेखि साइक्लिङ क्षेत्रमा काम गर्दै आएका रेस निर्देशक शर्माले आर्वालाई साईक्लिङको गन्तव्य बनाउन आफुहरुले विगत तीन वर्षदेखि प्रतिस्पर्धा गर्दै आएको बताए ।

प्रतिस्पर्धामा उत्कृष्ट पाँच(प्रत्येक इभेन्टका)लाई साईक्लिङ एशोसिरिज पुरस्कार स्वरुप प्रदान गरिने छ । त्यस्तै उत्कृष्ट जम्प गर्ने साईक्लिष्टले ३० हजार बराबरको पुरस्कार प्रदान गरिने प्रालिले जनाएको छ । ३० हजार पुरस्कार बी एण्ड बी हस्पिटलले प्रायोजन गरेको छ । यस्तै कास्की जिल्ला साईक्लिङ संघका अध्यक्ष शंकर भण्डारीले पोखरा एन्ड्युरो मार्फत पोखरालाई साईक्लिङ हब बनाउन सकिए साहसिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->