आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बागलुङमा मतदान केन्द्रबारे छलफल शुरु

बागलुङमा मतदान केन्द्रबारे छलफल शुरु

गत निर्वाचनको केन्द्रहरुको बारेमा वर्तमान अवस्था कस्तो छ ? थपघट गर्ने वा ती स्थानको सुरक्षा व्यवस्थापन कस्तो हुने भन्ने बिषयमा छलफल भएको सहभागिले बताए ।


  • ढोरपाटन संवाददाता
  • कार्तिक १७ २०८२, सोमबार

बागलुङ/जिल्ला निर्वाचन कार्यालयले आसन्न फागुन २१ गतेकोलागि निर्वाचनको तयारी थालेको छ । पहिलो चरणमा कार्यालयले जिल्लाका राजनीतिक दल र सुरक्षा निकायसँग छलफल थालेको हो ।

आइतबार भएको छलफलमा निर्वाचनकालागि मतदान केन्द्रबारे छलफल गरेको हो । गत निर्वाचनको केन्द्रहरुको बारेमा वर्तमान अवस्था कस्तो छ ? थपघट गर्ने वा ती स्थानको सुरक्षा व्यवस्थापन कस्तो हुने भन्ने बिषयमा छलफल भएको सहभागिले बताए ।

सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन तोकेको छ । यो निर्वाचनलाई व्यवस्थित बनाउन सुरक्षाको ग्यारेन्टी चाहिने सरोकारवालाको भनाइ छ । राजनीतिक दल, स्थानीय तहका प्रतिनिधि समेतलाई बैठकमा बोलाइएको थियो ।

कार्यालयले भने बैठकबारे बिस्तृत विवरण दिएको छैन । यो पहिलो चरणको छलफल भएकोले विस्तृत विवरणपछि उपलब्ध गराउने कार्यालय प्रमुख यज्ञप्रसाद रिजालले बताए ।

हाल कार्यालयले मतदाता नामाबली भने सार्वजनिकसमेत गरेको छ । कार्यालयका अनुसार बागलुङमा महिला ९७ हजार २ सय ९३ र पुरुष ९२ हजार २ सय ८३ गरी १ लाख ८९ हजार ५ सय ७६ मतदाता रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->