बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

दलित एकता सञ्जाल र स्वयंसेवी रक्तदाता समाजद्धारा रक्तदान

दलित एकता सञ्जाल र स्वयंसेवी रक्तदाता समाजद्धारा रक्तदान


  • ढोरपाटन संवाददाता
  • कार्तिक १८ २०८२, मंगलबार

पोखरा/दलित एकता सञ्जाल नेपाल, कतार तथा नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीको संयुक्त आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

विश्वकर्मा समाज नेपाल, परियार सेवा समाज जिल्ला समन्वय समिति कास्की, मिजार समाज गण्डकी प्रदेश, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ट्याक्सी सेवा केन्द्रको सहयोगमा भएको उक्त रक्तदान कार्यक्रममा २६ जना रक्तदाताले रक्तदान गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल सुन चाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष किसान सुनारले ब्लड व्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै नेपाल सुन चाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष किसान सुनारले विभिन्न संघ संस्थाले गर्ने यस्ता खालका रक्तदान कार्यक्रमले गर्दा रगत अभावमा छटपटाइरहेका विरामीलाई बचाउन सकिएको उल्लेख गरे ।

नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशका अध्यक्ष सूर्यप्रसाद ढकालले विभन्न समयमा हुने रक्त दानका कारण पोखरामा रगत अभाव नभएको बताए ।

विश्वकर्मा समाज नेपालका अध्यक्ष रत्नबहादुर विकले रक्तदान कार्यक्रम उदाहरणीय रहेको बताए । नेपाल जिम्न्याष्टिक संघ गण्डकी प्रदेशका महासचिव प्रकाशचन्द्र सापकोटाले रगत अभावलाई परिपूर्ति गर्न यस्ता खालका कार्यक्रमहरु आवश्यक रहेको बताए ।

स्वयंसेवी रक्तदाता समाज कास्कीले कास्कीमा रगत अभावको परिपूर्ति गर्ने र समाजमा विभिन्न खालका जनतेतनामूलक कार्यक्रम गर्दै आएको छ ।

दलित एकता सञ्जाल नेपाल, कतार तथा नेपालका अध्यक्ष प्रकाश विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वयंसेवी रक्तदाता समाज कास्कीका अध्यक्ष दिपेन्द्र अधिकारीले स्वागत र सदस्य हिरामणी भूषाललेकार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->