सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

पोखराको न्यूरोडमा दुवै साइड पार्किङको माग

पोखराको न्यूरोडमा दुवै साइड पार्किङको माग


  • ढोरपाटन संवाददाता
  • कार्तिक १९ २०८२, बुधबार

पोखरा/पोखरा न्युरोडका ब्यवसायीहरुले एकतर्फी पार्किङका कारण व्यवसायीहरु पलायन हुने क्रम बढेको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

पोखरा सभागृहदेखि बिपी चोकसम्मपश्चिम साइडका झण्डै २ सय व्यवसायीहरुले न्यूरोडमा एकतर्फी पार्किङका कारण व्यवसाय सञ्चालनमा अफठेरो परेका कारण पलायन हुने क्रम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की, पोखरा महानगरपालिका वडा नं ८ र ९ का कार्यालयमा पुगी ध्यानाकर्षणसहित ज्ञापन पत्र बुझाएका छन् ।

न्यूरोड व्यवसायी समितिका संयोजक प्रदीराज भण्डारीले पोखराको न्यूरोडमा एकतर्फी पार्किङका कारण व्यवसाय पलायन हुने, सटर खाली हुने, सटर खाली रहने अवस्था आइपरेको बताए ।

भूकम्प, नाकाबन्दी, कोरोना महामारीपश्चातको आर्थिक मन्दीको चपेटामा परेका न्युरोडका व्यवसायीहरु एकतर्फी पार्किङका कारण धेरै व्यवसायीहरु पलायन हुने अवस्थामा पुगेको र त्यसलाई रोक्नका लागि सभागृहदेखि बीपीचोकसम्म पश्चिमतर्फका घरबेटी र व्यवसायीको भेलाले दुवै साइड पार्किङका लागि सहज बातावरण बनाइदिन कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख सुजित कुमार देवकोटा, पोखरा महानगरपालिका वडा नं ८ का अध्यक्ष रुद्रनाथ बराल र पोखरा महानगरपालिका वडा नं ९ का अध्यक्ष दिपेन्द्र मर्सानीलाई ज्ञापन पत्र बुझाएका हुन् ।

व्यवसायीहरुले पोखरा महानगरका प्रमुख धनराज आचार्यलाईसमेत ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको न्युरोड व्यवसायी समितिका संयोजक प्रदीपराज भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->