बागलुङ/धार्मिक तथा पर्यटकीय सिद्दबराह (रुद्र ताल) हरेको गाजाको दहमा बैकुण्ठ चर्तुदशीको अबसरमा आधादर्जन तोरण तारिएको छ ।
हरेक बर्ष मेला लाग्ने गाजाको दहमा बुधवार स्थानीय जैमिनी नगरपालिका वडा नंं ३ नौलाबासीको एक तोरण सहित विभिन्न स्थानबाट ल्याइएको तोरण तारिएको हो । साथै गत बर्ष आयोजना गरिएको महायज्ञबाट संकलित रकमले यहाँ सिद्द बराहको मुर्ती समेत बनाइएको छ । बैकुण्ठ चर्तुदर्शीकै अबसर पारेर उक्त मुर्ती अनावरण समेत भयो । चिन्तन चैतन्य डा. लेखानाथ आचार्यले उक्त मुर्तीमा प्राणप्रतिष्ठा गरेर अनावरण समेत गरेका थिए ।
गाजाको दहमै कात्तिक १६ गतेदेखि बराह पुराण पनि लगाइएको थियो । उक्त पुराणकालागि वाचक व्यसाचार्य शिवदत्त रेग्मी सहभागि छन् । उनले बराह पुराण र गाजाको दहको महत्वबारे वाचन गरेका थिए ।
त्यस बाहेक बैकुण्ठ चर्तुदर्शीको अबसर पारेर गाजाको दहमै भलिबल लगायतको खेल प्रतियोगिताहरु संचालन भएको छ । ती विभिन्न खेल तथा गीत संगीत र दोहोरी प्रतियोगितालाई गाजा दह व्यवस्थापन समितिले संयोजन गरेको हो । त्यस बाहेक जैमिनी नगरपालिकाले पनि सहयोग गरेर समग्र व्यवस्थापनमा साथ दिएको नगर उपप्रमुख हरिहर शर्माले जानकारी दिए । गाजाको दहलाई पर्यटकीय क्षेत्र बनाउन नगरपालिकलो योजनाको प्राथमिकतामा राखेको शर्माले बताए ।
त्यस बाहेक गण्डकी प्रदेशले पनि पर्यटकीय १ सय गन्तव्यमा गाजाको दहलाई समावेश गरेको छ । २ हजार ५ सय मीटरको उचाइमा रहेको गाजादह हिउद बर्षातमा समान रहन्छ । त्यसबाहेक यहाँ स्नान गर्दा र सिद्दवराहको पुजा गर्दा आँटेताकेको पुग्ने विश्वासप नि छ । यहाँ सत्यवतीको पनि पुजा गरिन्छ ।





