सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

वरपीपल जलाउने ५ जना पक्राउ

वरपीपल जलाउने ५ जना पक्राउ


  • ढोरपाटन संवाददाता
  • कार्तिक २२ २०८२, शनिबार

पोखरा/कास्की प्रहरीले गएको भदौ २४ गते भएको जेन–जी आन्दोलनको क्रममा पोखराको लेकसाइडमा रहेको बरपीपल रिसोर्टमा आगजनी र लुटपाट गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा २९ वर्षीय रूपक नेपाली,पोखरा–१८ बस्ने ४२ वर्षीय खड्कबहादुर थापा, ३२ वर्षीय खुमराज गुरुङ, ४७ वर्षीय नवराज खड्का र २७ वर्षीय एलिसा गुरुङ रहेका छन् । रुपक कराते प्रशिक्षक हुन् । आन्दोलनकारीले सो दिन पटक–पटक बरपीपल पुगेर आगजनी र लुपटपाटको प्रयत्न गरेका थिए ।

होटलका कर्मचारीले शुभेच्छुकले पटक–पटक सम्झाइबुझाइ पठाए पनि अन्तिममा चाहिँ बरपीपलमा आगो लगाइएको थियो । आगजनीमा उत्रनेहरुले बरपीपलमा माओवादी अध्यक्ष प्रचण्डको लगानी रहेको आरोप लगाएका थिए ।

रिसोर्ट संचालक जीतु गुरुङले चाहिँ सो आरोपको स्पष्ट शब्दमा खण्डन गरेका थिए । लमजुङबाट पोखरा आएर होटलको सामान्य कामदार,त्यसपछि टे«किङ गाइड हुँदै व्यावसायिक यात्रा सुरु गरेका जीतुले ‘रिसोर्ट आफ्नै बलबुतामा बनाएको र त्यसका निम्ति वर्षौं मिहिनेत गरेको’ बताउँदै आएका छन् । आफ्नो रिसोर्टमा आगजनी र लुटपाटमा संलग्नहरुलाई कारवाहीको माग गर्दै आएका उनले एक हप्ताअघि पोखरामा भदौ २३ र २४ गतेको आन्दोलनको छानबिन गर्न गठित उच्चस्तरीय छानबिन समितिले आयोजना गरेको कार्यक्रममा आफू लिखित रुपमा प्रमाणसहित जाहेरी दिन तयार रहे पनि कारवाहीको सुनिश्चितता हुनुपर्ने माग गरेका थिए ।

सो कार्यक्रममा कास्कीका प्रहरी प्रमुख एसपी नवीन कार्की पनि सहभागी थिए । जीतुको भनाइपछि एसपी कार्कीले आपराधिक घटनामा संलग्नलाई उन्मुक्ति नदिने बताएका थिए । प्रहरीले व्यवसायीको जाहेरी र अनुसन्धानपछि आपराधिक कार्यमा संलग्नमाथि कारवाही प्रक्रिया अगाडि बढाएको कास्की प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->