शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पोखराका योगेन्द्रबहादुर बस्नेतलाई भलिबल पुरस्कार

पोखराका योगेन्द्रबहादुर बस्नेतलाई भलिबल पुरस्कार


  • ढोरपाटन संवाददाता
  • कार्तिक २२ २०८२, शनिबार

पोखरा/ स्वर्गीय उदयबहादुर बस्नेतको स्मृतिमा संचालित भलिबल पुरस्कार पोखराका भलिबल खेलाडी योगेन्द्रबहादुर बस्नेतलाई प्रदान गरिने भएको छ । भलिबल खेलका पूर्व राष्ट्रिय खेलाडी उदयबहादुर बस्नेतको स्मृतिमा हिमालय क्लव, पोखरा– १६ बाटुलेचौरले संचालन गरेको सो पुरस्कार यसवर्ष खेलाडी बस्नेतलाई प्रदान गर्न लागिएको क्लवका अध्यक्ष मोहन थापाले जानकारी दिए ।

बाटुलेचौर निवासी बस्नेत भलिबलका राष्ट्रिय खेलाडी हुन् । प्रत्येक २ २ बर्षमा प्रदान गरिने पुरस्कार यसअघि सो पुरस्कारबाट भलिबलका राष्ट्रिय खेलाडी इम राना, लेखनाथ लम्साल र लक्ष्मी गुरुङ सम्मानित भईसकेका छन् । रामबहादुर बानियाँ संयोजक र सदस्य प्रकाश थापा, राजेन्द्रबहादुर बस्नेत र सदस्य सचिव तुलबहादुर बस्नेत सम्मिलित पुरस्कार छनोट समितिले गरेको सिफारिसलाई क्लवले अनुमोदन गरी सम्मानित खेलाडीको नाम शनिबार सार्वजनिक गरेको हो ।

स्वगीय बस्नेत कास्की जिल्ला भलिबल संघका संस्थापक अध्यक्ष हुन् । नगद १५ हजार, सम्मानपत्र र सल सहितको पुरस्कार आगामी पुस १० गते क्लवको २८ औं बार्षिकोत्सवका अवसरमा प्रदान गरिने सुचना अधिकारी शिवराज देवकोटाले बताए ।भलिबल खेलको विकासमा योगदान पुर्याउने खेलाडी वा संस्थालाई सम्मान गर्ने हेतुले क्लवले पुरस्कार स्थापना गरेको हो । बार्षिकोत्सवकै अवसरमा यही मंसिर २० गते २८ औं संस्करणको रक्तदान कार्यक्रम समेत गर्ने जनाएको छ । सो कार्यक्रमका लागि खगेन्द्र थापालाई संयोजक तोकिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->