आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बिरामीलाई राहत, रकम भुक्तानी नहुँदा अस्पतालाई आहात

बिरामीलाई राहत, रकम भुक्तानी नहुँदा अस्पतालाई आहात

सेवा प्रवाह गरिसकेको रकमको भुक्तानीमा केही ढीला भएर अस्पताल व्यवस्थापनमा समस्या ।


  • ढोरपाटन संवाददाता
  • कार्तिक २३ २०८२, आइतबार

बागलुङ/स्वास्थ्य बीमा गरेकाहरुले औषधी नपाएको, गुणस्तर नभएको जस्ता क्रियाप्रतिक्रिया दिइरहन्छन् । तर त्यही स्वास्थ्य बीमामा आर्कषण भने बढ्दो छ । पछिल्लो ५ वर्षको तथ्यांक हेर्दा हरेक वर्ष बीमाबाट उपचार सेवा पाउनेको संख्या बढीरहेको छ ।

जिल्लाका प्रारम्भिक बिन्दु रहेका सबै स्वास्थ्य चौकीमा पनि हरेक वर्ष सेवाग्राही बढीरहेका छन् । अपरेशन सहितको सेवा लिनेगरी धौलागिरि अस्पतालमा आएका बिरामीको संख्याले पनि बीमाको सेवा पाउनेको संख्या बढीरहेको देखिन्छ । धौलागिरि प्रादेशिक अस्पतालमा मात्रै वर्षमा ६९ हजार बिरामीले स्वास्थ्य बीमाको सेवा लिएको मेडिकल सुपरिटेण्डेन्ट डा. किरण तिवारीले बताए । बीमाबाट ग्रामीण क्षेत्रमा सेवा लिनेको संख्या वर्षमा २ लाख हाराहारी रहेको छ ।

सामान्य सेवा नलिने को छ भनेर हेर्नुपर्ने बेला आइसकेको स्वास्थ्य बीमा बोर्डका संयोजक नारायण शर्माले बताए । त्यस बाहेक अपरेसन सहितको स्वास्थ्य सेवा लिने गरी धौलागिरि अस्पतालमा आउनेको संख्या पनि बढीरहेको हो । ‘अझैपनि सेवाको प्रभावकारिताबारे त बुझाउने र उपचार सेवामा पनि जोड्नुपर्ने छ’ तिवारीले भने, ‘तरपनि हरेक वर्ष सेवाग्राही बढीरहेकोले महत्व बुझ्ने क्रम पनि जारी छ ।’ बरु सेवा प्रवाह गरिसकेको रकमको भुक्तानीमा केही ढीला भएर अस्पताल व्यवस्थापनमा समस्या भएको उनले बताए ।

आर्थिक वर्ष २०७७÷७८ मा १९ हजार ५ सय ३५ जनाले धौलागिरि अस्पतालबाट सेवा लिएकोमा आर्थिक वर्ष २०७८÷०७९ मा झण्डै दोब्बर अर्थात् ३२ हजार ७ सय ५४ जनाले सेवा लिएको तथ्यांक छ । त्यसपछि क्रमशः ४८ हजार ४ सय ४२ ले सेवा लिएका थिए भने अघिल्लो आर्थिक वर्ष २०८०÷०८१ मा त्यो संख्या ६८ हजार ६ सय ७८ पुगेको तथ्यांक अधिकृत नवराज शर्माले बताए । गत आर्थिक वर्ष पनि ६९ हजार ६ सय ८ जनाले सेवा लिएका छन् ।

हरेक वर्ष बीमामा दर्ता पनि बढीरहेका छन् । तर कतिपय बिरामीहरु सिधै पोखरा, चितवन र बुटवल जाने चलनले यो संख्या अझै पर्याप्त नभएको हो । बिमा स्वरुप गत आर्थिक वर्ष मात्रै अस्पतालले ७ करोड ७८ लाख रुपैयाँ राज्यबाट माग गरेको छ । अघिल्लो वर्ष ८ करोड ५८ लाख रुपैयाँ दाबी गरेको थियो । अझैपनि पर्याप्त रकम राज्यबाट भुक्तानी नभएपछि बीमा तर्फको औषधी पर्याप्त खरिद गर्न नसकेको अस्पतालको भनाइ छ ।

विशेषगरी थाइराइड, मधुमेह, मुटुरोग र उच्च रक्तचापजस्ता दिर्घरोगको औषधी अस्पतालको फार्मेसीमा नपाएको गुनासो बिरामीले गरेपछि गण्डकी प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्ण पाठकले छड्के अनुगमन गरेका थिए । उक्त अवसरमा अस्पतालमा रकम प्राप्त भएपनि टेण्डर प्रक्रियामा जान ढीला भएर औषधी सकिएको पत्ता लागेको थियो । उक्त जानकारी पाएपछि मन्त्री पाठकले तत्काल उक्त समस्या समाधानमा काम गर्ने बताए । शुरुमा मन्त्रीलाई नचिनेका फार्मेसीका कर्मचारीले त औषधी नभएको मात्र भनेनन् की स्वयं मन्त्री र मन्त्रालयलाई समयमा रकम नपठाएको आरोप पनि लगाए ।

अस्पतालमा मेडिकल सुपरिटेण्डेन्ट डा. किरण तिवारीले अस्पतालको फार्मेसीमा केही समस्या भएको स्वीकारे । साथै, उनले तिहारपछि औषधी टेण्डर भैसकेकोले अब समस्या नपर्ने जानकारी दिए । दशैम तिहारमा बिरामीको चाप बढेर औषधी सकिएको उनले बताए । ‘दशैमा बिरामीको चाप बढी भयो, स्टक औषधी सकिएछ’ उनले भने, ‘आवस्यकताभन्दा बढी लिन चाहनेहरुले पनि यो समस्या आएको हो ।’ अस्पतालले पहिचान गरेका बिरामीले उपयोग गर्ने औषधीको औषत हेरेर अस्पतालले राख्ने गरेकोमा दशैं तिहारको बेला धेरै किनेर लैजान खोज्नेहरु बढ्दा औषधी सकिएको तिवारीले प्रष्ट्याए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->