आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

स्वास्थ्यकर्मीका लागि रेविजविरुद्द २ दिने तालिम

स्वास्थ्यकर्मीका लागि रेविजविरुद्द २ दिने तालिम


  • ढोरपाटन संवाददाता
  • कार्तिक २३ २०८२, आइतबार

बागलुङ/प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङको आयोजना तथा फेयरमेड फाउण्डेस, नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसन (एजजिडिएफ) र मिक नेपालको आयोजनामा बागलुङमा रेविज बिरुद्दको २ दिने तालिम सम्पन्न भएको छ ।

शनिबार र आइतार भएको तालिममा बागलुङका १९ वटा स्वास्थ्य संस्थाका प्रतिनिधि र रुकुम पुर्वका ९ जना गरी २७ जना सहभागि छन् । पछिल्लो समय रेविजको समस्या बढेको तर उपचार पद्दती र सचेतना नभइ धेरै मानिस पीडित हुनु परेको अवस्थामा यो तालिम संचालन भएको एनजिडिएफका अनुगमन अधिकृत सुजन पौडेलले जानकारी दिए ।

तालिमका लागि शुक्रराज ट्रपिकल सरुवा रोग अस्पताल टेकुका डा. मिलन बज्राचार्यले सहजीकरण गरेका थिए । यो तालिमपछि स्वास्थ्यकर्मीले आफ्नो स्वास्थ्य संस्थामा पनि रेविज बिरुद्दको औषधी उपचार गराउन सहज हुने बताएका छन् ।

तालिम समापनमा एनजिडिएफका अध्यक्ष यामप्रसाद कँडेलले तालिमले स्वास्थ्यकर्मीलाई धेरै ज्ञान भएको तर अझै आम नागरिकलाई पनि यस्तै ज्ञानको आवस्यकता परेको बताए । त्यसका लागि संस्थाका पदाधिकारी र कर्मचारीले पनि सामाजिक परिचालनमार्फत सहयोग गर्नुपर्ने बताए । एनजिडिएफमार्फत संचालित सम्बोधन परियोजनाले आम नागरिकको स्वास्थ्य सुरक्षा र आमा तथा शिशुको स्वास्थ्यमा भने धेरै काम गरिरहेको परियोजना व्यवस्थापक ममिता पुनले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->