पोखरा/नेकपा एमाले पोखरा नगर कमिटीले लेखनाथको तालचोकमा मंगलबार आयोजना गरेको जनसभा । एमाले केन्द्रीय कमिटीको निर्देशन अनुसार लोकतन्त्रको जगेर्ना,संविधानको रक्षाका निम्ति भन्दै देशैभरका पालिकाहरुमा प्रदर्शन गरिएको छ ।
पोखराको तालचोकमा भएको जनसभालाई सम्बोधन गर्दै एमाले स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशसभामा एमाले संसदीय दलका नेता खगराज अधिकारीले विदेशीहरुले नेपालको सार्वभौमसत्तामाथि आक्रमण गर्दै केपी ओली नेतृत्वको सरकारलाई अपदस्थ गरेको आरोप लगाएका थिए ।





