शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

माउन्ट अन्नपूर्णमा खेल सप्ताह सुरु

माउन्ट अन्नपूर्णमा खेल सप्ताह सुरु


  • ढोरपाटन संवाददाता
  • कार्तिक २७ २०८२, बिहिबार

पोखरा/पोखरा–३ नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा खेल सप्ताहअन्तर्गत बिभिन्न खेलकुद कार्यक्रमहरु बुधबारबाट सुरु भएका छन् ।

कार्तिक २९ गतेसम्म सञ्चालन हुने वार्षिक खेल सप्ताह ‘२०८२’ अन्तर्गत ३ दिने खेल सप्ताह सुरु भएको विद्यालयका प्राचार्य सइन्द्रराज श्रेष्ठले बताए । खेलकुद कार्यक्रममा विद्यालयका पूर्व प्राथमिकदेखि कक्षा १० सम्मका विद्यार्थीले विभिन्न खेलमा प्रतिष्पर्धा गर्ने छन् ।

विद्यालयका अध्यक्ष सुरज प्रकाश प्रधानाङ्ग, प्राचार्य श्रेष्ठ, प्रशासनिक प्रमुख चित्र गुरुङ र अतिरिक्त क्रियाकलाप निर्देशक तेज गुरुङले संयुक्त रूपमा झन्डोत्तलन तथा बेलुनमा ब्यानर उडाएर संयुक्त रुपमा उद्धघाटन गरेका हुन् ।

अतिरिक्त क्रियाकलाप निर्देशक गुरुङले गुणस्तरीय शिक्षामा मुलुककै अग्रणी विद्यालयमा माउन्ट अन्नपूर्ण स्थापित भइसकेको बताए । उनले खेलकुद तथा रचनात्मक गतिविधिमा पनि अन्नपूर्ण अग्रपंक्ति रहेको उल्लेख गरे । खेलका नियम तथा खेल पोर्टकलको बारेमा सिए कोर्डिनेटर उमेश खनालले जानकारी गराएका थिए ।

प्रतियोगिताअन्तरर्गत पहिलो दिन इलाइट एकेडेमीमा छात्र छात्रा भलिबल, छेलो प्रतियोगिता सम्पन्न भएको छ भने, विद्यालय प्राङगणमा छात्र, छात्रा बास्केटबलसंगै बिभिन्न प्रतियोगिताका खेलहरु भएको खेल सप्ताहका कोर्डिनेटर माधव भण्डारीले बताए । भण्डारीका अनुसार बिहिबार पोखरा रंगशालामा ह्यान्डबल, रेस, लङजम्प जस्ता खेलहरु हुने छन् भने शुक्रबार खेल सप्ताहको समापन हुने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->