बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

यौन तथा प्रजनन् अभियान जारी

यौन तथा प्रजनन् अभियान जारी


  • ढोरपाटन संवाददाता
  • कार्तिक २८ २०८२, शुक्रबार

पोखरा/नेपाल परिवार नियोजन संघ कास्की शाखाले संचालन गरेको यौन तथा प्रजनन् स्वास्थ्य सचेतना अभियान जारी रहेको छ ।

पछिल्लो समय पोखरा महानगरपालिका वडा नं १७ को छोरेपाटन मा.वि र पोखरा महानगरपालिका वडा नं ३३ को सरस्वती टिका मा.विमा अभियान संचालन गरिएको छ ।

अभियानमा कक्षा ११ र १२ का किशोर किशोरी र युवाहरु सहभागि गराइएको नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलले जानकारी दिए । अभियान २४ वटा विद्यालय तथा कलेजसम्म लगिनेछ ।

छोरेपाटन मा.विमा आयोजित कार्यक्रम शुभारम्भ गर्दै पोखरा महानगरपालिका वडा नं १७ की वडा अध्यक्ष राधिका शाही योगीले बढ्दो उमेरसँगै आउने यौन तथा प्रजनन् स्वास्थ्य सम्वन्धि समस्या समाधानका लागि अभियान सहयोगी हुने बताइन् ।

उता सरस्वती टिका मा.विमा आयोजित कार्यक्रम शुभारम्भ गर्दै पोखरा महानगरपालिका वडा नं ३३ की कार्यवाहक वडा अध्यक्ष दुर्गा केसी थापाले यस्ता अभियानलाई अझ तिव्र पार्न आग्रह गरिन् ।

कार्यक्रममा सरस्वती टिका मावि व्यवस्थापन समितिका अध्यक्ष लाल प्रसाद पराजुली, प्रधानाध्यापक सूर्यराज अभिकारी र छोरेपाटन माविका प्रधानाध्यापक डिल्लीराम शर्माले आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा नेपाल परिवार नियोजन संघ कास्कीका कोषाध्यक्ष विष्णु प्रसाद दाहाल, बरिष्ठ शाखा प्रवन्धक नब राज तिवारी र कर्मचारी सुरज चौधरीले सहजिकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->