बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

मधुमेह दिवसमा खर्वाङमा स्वास्थय परीक्षण

मधुमेह दिवसमा खर्वाङमा स्वास्थय परीक्षण


  • अनिष पाठक
  • कार्तिक २८ २०८२, शुक्रबार

बागलुङ (खर्वाङ)/नोभेम्बर १४ तारिख अर्थात् विश्व मधुमेह दिवसको अवसरमा खर्वाङमा स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ । प्रहरी चौकी खर्वाङ र अस्थायी ट्राफिक प्रहरी पोष्ट खर्वाङको आयोजनामा भएको शिविरमा ५० जना बढिले स्वास्थ्य लाभ लिएका छन् ।

बडिगाड गाउँपालिका स्वास्थ्य शाखा र गुल्मी यातायात प्रालिको सहजीकरणमा भएको चालक तथा सह–चालकको स्वास्थ्य परीक्षणमा ५० भन्दा बढीको मधुमेह तथा रक्तचाप परिक्षण तथा जुकाको औषधी समेत वितरण गरिएको आधारभुत स्वास्थ्य सेवा केन्द्र खर्वाङका प्रमुख पप्पु कुमार शाहले जानकारी दिए ।

सवारी दुर्घटना न्युनिकरणको लागि दिवसको अवसरमा चालक तथा सह–चालकको स्वास्थ्य परिक्षण गरिएको हो । नेपालमा कुल जनसंख्याको झण्डै ८ प्रतिशत वयस्कमा मधुमेह रहेको तथ्याङ्क रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->