बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बाटुलेचौरको आँखा जाँच शिविरबाट २ सयबढी लाभान्वित

बाटुलेचौरको आँखा जाँच शिविरबाट २ सयबढी लाभान्वित

मन्त्री थापाले सो अवसरमा बोल्दै सामाजिक संघसंस्थाले जनताका प्रत्यक्ष सरोकारका विषयमा काम गर्नुपर्नेमा जोड दिएका थिए ।


  • ढोरपाटन संवाददाता
  • मंसिर ६ २०८२, शनिबार

पोखरा/पोेखराको बाटुलेचौरमा भएको निशुल्क आँखा जाँच शिविरबाट २ सय ७ जना लाभान्वित भएका छन् । हिमालय क्लबले आयोजना गरेको शिविरमा २ सय ७ जनाले आँखा जाँच गरेकोमा ३५ जनामा मोतियाविन्दुको समस्या देखिएको क्लवका अध्यक्ष मोहन थापाले जानकारी दिए ।

नयाँ बजारमा रहेको दृष्टि आँखा अस्पतालको प्राविधिक सहयोगमा भएको शिविरमा दृष्टि विशेषज्ञ डा. प्रिन्सा बास्तोला, नेत्र सहायक प्रशिद्धी शाही र स्नेहा पुरीले सेवाग्राहीको आँखा जाँच गरेका थिए । मोतियाविन्दु देखिएका बिरामीको अस्पतालको समवन्यमा उपचार गरिने छ ।

यसअघि शिविरको गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले क्लवका मानार्थ सदस्य बेनी बहादुर बस्नेत र सल्लाहकार राजेन्द्र बहादुर देवकोटालाई औंषधी हस्तान्तरण गरेर उद्घाटन गरेका थिए ।

मन्त्री थापाले सो अवसरमा बोल्दै सामाजिक संघसंस्थाले जनताका प्रत्यक्ष सरोकारका विषयमा काम गर्नुपर्नेमा जोड दिएका थिए । थापाले स्वस्थ नागरिकबाट मात्रै समृद्ध समाज निर्माण गर्न सकिने बताए ।

क्लवका अध्यक्ष मोहन थापाको अध्यक्षतामा भएको शिविरमा अस्पतालका अध्यक्ष शिव पोखरेलले संवेदनशील अंगको रुपमा रहेको आँखालाई सुरक्षित राख्न नियमित चेकजाँच गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा शिविरको महत्वका विषयमा क्लबका सुचना अधिकारी शिवराज देवकोटाले जानकारी गराएका थिए भने संचालन सचिव तुलबहादुर बस्नेतले गरेका थिए ।

शिविरमा आवश्यक परेका बिरामीलाई निःशुल्क औषधी वितरण र सहुलियत दरमा चश्मा वितरण गरिएको थियो । शिविरबाट लामाचौर, बाटुलेचौर, घार्मी, कुरेचौर, हरिपाँउ, अर्मला, भलाम लगायत क्षेत्रका बासिन्दा लाभाम्वित भएका थिए ।

क्लबले यसअघि मुटु सम्बन्धी जाँच, महिलाको पाठेघरको मुखको क्यान्सर स्क्रीनिङ टेस्ट लगायत विभिन्न स्वास्थ्य जाँच गरी नागरिकलाई सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->