शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

कान्तिपुर एकेडेमीमा स्पोर्ट मिट

कान्तिपुर एकेडेमीमा स्पोर्ट मिट


  • ढोरपाटन संवाददाता
  • मंसिर १५ २०८२, सोमबार

पोखरा/कान्तिपुर एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी पोखरा– १० चाउथेको वार्षिक स्पोर्ट मिट कार्यक्रम सम्पन्न भएको छ ।

विद्यार्थीका अन्तर्निहित प्रतिभाको प्रस्फुटन गर्दै विद्यार्थीको चौतर्फी क्षमता विकास गर्ने उद्देश्यका साथ विद्यालयले स्पोर्ट मिट कार्यक्रम आयोजना गरेको हो ।

आइतबार भएको स्पोर्ट मिटमा कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरू पोखरा रङ्गशाला र कक्षा नर्सरी देखि कक्षा ३ सम्मका विद्यार्थीहरूको प्रतियोगिता विद्यालयमा आयोजना गरिएको एन प्याब्सन कास्कीका उपाध्यक्ष समेत रहेका विद्यालयका संस्थापक प्रिन्सिपल मनकाजी गुरुङले जानकारी दिए ।

उनका अनुसार स्पोर्ट मिट कार्यक्रममा एथलेटिक्स सम्पूर्ण विधाका खेलहरू खेलाइएको थियो । कार्यक्रममा विद्यालयले मार्च पास प्रतियोगिता, विभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।

कार्यक्रमको उद्घाटन गर्दै एन प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले विद्यार्थीका प्रतिभा पहिचान गर्न यो कार्यक्रम उत्कृष्ट रहेको बताए ।

विद्यालयका संस्थापक प्रिन्सिपल मनकाजी गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन विद्यालयकी शिक्षिका सरस्वती श्रेष्ठले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->