शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

१६ देशका ८० खेलाडी प्रतिष्पर्धा गर्दै

१६ देशका ८० खेलाडी प्रतिष्पर्धा गर्दै


  • ढोरपाटन संवाददाता
  • मंसिर १५ २०८२, सोमबार

पोखरा/कास्की जिल्ला टेनिस संघद्वारा आयोजनामा पोखरा रंगशालाको टेनिस सेन्टरमा सञ्चालन हुने आइटिएफ वल्र्ड टेनिस टुर जे ३० सर्किट १ र २ को सम्पूर्ण तयारी पूरा भएको छ ।

सोमबारबाट सुरू हुने प्रतियोगिताको पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा कास्की टेनिसले आइटिएफ जे ३० को आठौं सस्करणको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।

पोखरालाई खेलकुद पर्यटनको माध्यमबाट विश्वमा चिनाउन महत्वपूर्ण भूमिका खेलेको पहिलो सर्किटअन्तर्गत १६ देशका ब्वाइजतर्फ ५५ र गल्र्सतर्फ २५ जना गरी कुल ८० जनाले प्रतिष्पर्धा गर्ने कास्की जिल्ला टेनिस संघका सचिव भिष्मराज पौडेलले जानकारी दिएका छन् ।

प्रतियोगिताले स्थानिय खेलाडीहरुको खेल कौशल बढाउन सुनौलो अवसरको रुपमा हेरिएको कास्की टेनिसका निवर्तमान अध्यक्ष लोकबहादुर गुरूङले बताए ।

प्रतियोगितामा १३ वर्ष देखि १८ वर्ष उमेर समुहमा हुने प्रतिष्पर्धाका बिजेताले समान ३० अंक, उपबिजेताले १८ अंक, सेमिफाईनलिष्टले ९ अंक, क्वाटर फाइनालिष्टले ५ र आर–१६ ले २ अंक प्राप्त गर्नेछन् । .

त्यस्तै डबल्समा विजेताले २५ अंक उपविजेताले १३ अंक, सेमिफाइनालिष्टले ६ अंक, क्वाटर फाइनालिष्टले ३ अंक प्राप्त गर्नेछन् । प्रतियोगितामा ब्वाइज सिङ्गल्स तथा डबल्स÷गल्र्स सिङ्गल्स तथा डबल्स गरी जम्मा ४ ईभेन्टमा प्रतियोगिता संचालन हुनेछन् । जसमा बिजेता तथा उप–विजेताले प्रमाण–पत्रसहित मेडल प्राप्त गर्नेछन् ।प्रतियोगिताका टुर्नामेन्ट डाइरेक्टर अजय विष्टका अनुसार प्रतियोगितामा ब्वाइजतर्फ जुनियर वरियताका प्रणब मानन्धर (१७६९), आयुष्मान हजुर घले (२२२२), सक्षम विक्रम शाह (३२५६), राज वीर प्रधान (३७००) र बरियताका तथा गल्र्सतर्फ सुनिता थापा (१२८४), शिवाली गुरुङ (१३६७), स्वस्तिका बिस्ट (३२९९) वरियताका नेपाली खेलाडीहरुको सहभागिता रहेको छ । त्यस्तै वाइल्डकार्ड मार्फत दर्शिल श्रेष्ठ र शास्वत बज्रचार्यको समेत सहभागिता रहनेछ ।

त्यस्तै प्रतियोगितामा नं.१ ताइपेइका विश्व वरियतामा किङ टिङ–हो याङ (१०७७) र नेपाल नं १–सुनिरा थापा (१२८४) को सहभागिता हुनेछ ।टुर्नामेन्ट डाइरेक्टर विष्टले प्रतियोगिताका लागि दुई भारतीय अम्पाएर समेत पोखरा आइपुगेको जानकारी दिएका छन् ।

प्रतियोगिता सम्पन्न गर्न करिव १७ लाख ८७ हजार खर्च हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रदेश खेलकुद परिषद, जिल्ला खेलकुद विकास समिति कास्की,पोखरा महानगर पालिका, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशलगायतको सहकार्य रहेको संघका द्वितीय उपाध्यक्ष नविन श्रेष्ठले जानकारी दिए ।

कास्की टेनिस संघका अध्यक्ष एवं प्रतियोगिताका संयोजक राजकुमार गुरुङ (राजु)ले पोखरालाई खेलकुद मार्फत प्रवद्र्धन गर्न प्रतियोगिताले महत्वपूर्ण भूमिका निर्वाह गरेको जनाउँदै अर्को सस्करणहरु जे ६० वा जे१०० गर्ने तयारीमा रहे पनि पूर्वाधारको अभाव रहेको उनको भनाइ थियो । सो अवसरमा नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष एमवी आस्थाले पोखरालाई चिनाउने यस प्रकारका प्रतियोगिताहरु सफल बनाउन सबैको सहकार्य आवश्यक रहने औंल्याए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->