शुक्रबार, भाद्र ५ २०८३

शुक्रबार, भाद्र ५ २०८३
  • ५ भाद्र २०८३ , शुक्रबार
  • August 21 2026

दरौखोला तथा गडयौलीखोलामा ७५ हजार माछाका भुरा छाडियो 

दरौखोला तथा गडयौलीखोलामा ७५ हजार माछाका भुरा छाडियो 


  • ढोरपाटन संवाददाता
  • मंसिर १८ २०८२, बिहिबार
स्याङ्जा/ अर्जुन चौपारी गाउँपालिकाले दरौखोला तथा गडयौलीखोलामा माछाका भुरा छाडेको छ । गड्यौलीखोलामा १५ हजार र दरौखोलामा ६० हजार विभिन्न जातका माछाका भुरा छाडिएको हो ।
गाउँपालिकाले कालीगण्डकी मत्स्य ह्याचरीसँग सहकार्य गरेर गाउँपालिका उपाध्यक्ष सपना गुरुङको नेतृत्वको टोलीले गर्दी, हाडे, ढेड, सहर जातका माछा खोलामा छाडेको हो ।  पालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अर्यालले पारिस्थितिकिय प्रणाली बचाएर भोलीका दिनमा माछाबाट जीवननिर्वाह गर्न सहज होस् भनेर खोलामा माछाको भुरा हालेको बताए । माछाका भुरा छाड्नाले आर्थिक आर्जनमा सहजता हुने बताउँदै अर्यालले हरेक बर्ष जस्ता माछाका भुरा छाडिएको जानकारी दिए ।
पालिकाले खोलामा माछाका भुरा छाडेसँगै माछा मार्न अर्को सूचना नगरेसम्मको लागि रोक लगाएको छ । पालिकाले खोलामा माछा भुरा छाड्ने केही समयमा खोलामा जालीबाट मार्नेलाई तीन सय र बल्छी हाल्नेलाई एक सय शुल्क लिने गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->