
पोखरा/पोखराको बाटुलेचौरमा रहेको प्रगति माध्यमिक विद्यालयको खेल उत्सव शनिबारदेखि पोखरा रंगशाालामा सुरु भएको छ ।
आइतबारसम्म संचालन हुने उत्सवमा ५० देखि ८ सय मिटरसम्मको दौड, छात्र÷छात्रा रिले दौड ,हाइजम्प छात्र÷छात्रा, लङ्गजम्पलगायतका खेल सम्पन्न भएको विद्यालयका सुचना अधिकारी जयराम पौडेलले जानकारी दिए ।फुटबल ,ह्याण्डबल छात्र÷ छात्रा ,वास्केटवल छात्र÷ छात्रा , व्याडमिण्टन छात्र÷ छात्रा सिङ्गल एण्ड डवलतर्फ पहिलो चरणका खेल सम्पन्न भएका छन् ।
उत्वसको उद्घाटनमा आयोजित मार्चपासमा धौलागिरी सदन प्रथम, अन्नपुर्ण सदन द्वितीय र माछापुच्छ्रे तृतीय भएका छन् ।
यसअघि उत्सवको उद्घाटन गर्दै प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले विद्यार्थीको चौतर्फी विकासका लागि खेलकुद आवश्यक रहेको बताए । विद्यालय व्यबस्थापन समितिका अध्यक्ष दानबहादुर बाँनियाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत आधारभुत तह प्रमुख राम पौडेल र संचालन शिक्षक सन्ध्या बसेलले गरेकी थिइन् । उत्सवमा विद्यालयका कक्षा १ देखि १२ सम्मका छात्र÷ छात्रा सहभागी भएका छन् ।





