बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पश्चिमाञ्चलमा रक्तदान तथा विज्ञान प्रदर्शनी

पश्चिमाञ्चलमा रक्तदान तथा विज्ञान प्रदर्शनी


  • ढोरपाटन संवाददाता
  • मंसिर २९ २०८२, सोमबार

पोखरा/पोखराको गैह्रापाटनस्थित पश्चिमाञ्चल माविले ३४ औं वार्षिकोत्सवको अवसरमा आइतबार विद्यालयमा खुला रक्तदान आयोजना गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व निभाउने क्रममा आयोजित रक्तदानमा ५६ यूनिट रगत संकलन भएको छ ।

नेपाल रेडक्रस सोसाइटी कास्की अध्यक्ष उर्मिला खड्काले पश्चिमाञ्चल फाउन्डेसनका पूर्वअध्यक्ष प्राडा विश्वकल्याण पराजुलीलाई ब्लड ब्याग हस्तान्तरण गरेर रक्तदान कार्यक्रमको शुभारम्भ गरेकी थिइन । विद्यालयका प्राचार्य सरोज कोइरालाले विद्यालयको वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदानको यो १४ औं संस्करण भएको बताए ।

पश्चिमाञ्चल फाउन्डेसनका अध्यक्ष प्राडा रामनाथ ओझाले स्वस्थ मानिसले गरेको रगतले कसैको ज्यान जोगाउन सघाउ पुग्ने बताए ।

विद्यालयकी सहप्राचार्य मिनु श्रेष्ठ कुँवरले रगत दान नै जीवनदान भएकोले यस्ता गतिविधि आवश्यक रहेको बताइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->