बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

शिवालय र नदीपुरमा रक्त परीक्षण शिविर

शिवालय र नदीपुरमा रक्त परीक्षण शिविर


  • ढोरपाटन संवाददाता
  • पुष ७ २०८२, सोमबार

पोखरा/गण्डकी प्रदेशकै पहिलो र एकमात्र आइएसओ प्रमाणपत्र प्राप्त ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) को प्राविधिक सहयोगमा शनिबार पोखराका दुई स्थानमा निशुल्क रक्त परीक्षण शिविर भएका छन् ।

इनरह्विल क्लब अफ पोखरा र पोखरा महानगरपालिका वडा नम्बर ३ को आयोजना र युआरएलसहित पोखरा महानगरको स्वास्थ्य शाखाको प्राविधिक सहयोगमा नदीपुरमा भएको शिविरमा २ सय ३ जनाको सित्तैमा थाइराइड तथा मधुमेहसम्बन्धी रगत जाँच गरिएको हो ।

शनिबारै लायन्स क्लब अफ ब्युटिसिटी, लायन्स क्लब अफ पोखरा जिबिपी र शिवालय आमा समूहको आयोजनामा पोखरा–८, शिवालयचोकमा मधुमेह, थाइराइड तथा मिर्गाैलासम्बन्धी रगत जाँच सित्तैमा गरिएको छ । शिविरमा ३ सय ५२ जनाको सित्तैमा रगत जाँच गरिएको युआरएल अध्यक्ष ठाकुरप्रसाद पन्थले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->