शुक्रबार, भाद्र ५ २०८३

शुक्रबार, भाद्र ५ २०८३
  • ५ भाद्र २०८३ , शुक्रबार
  • August 21 2026

नवौँ वालिङ महोत्सव माघ १४ बाट

नवौँ वालिङ महोत्सव माघ १४ बाट

महोत्सवले कृषि, हस्तकला, सेवा, उद्योग र व्यापारसँगै शिक्षा, सूचना प्रविधि र पर्यटनलाई एउटै थलोमा जोड्ने प्रयास गरिएको महोत्सव मूल आयोजक समितिका संयोजक अध्यक्ष चेत नारायण श्रेष्ठले बताए ।


  • अर्जुन काफ्ले
  • पुष १६ २०८२, बुधबार

स्याङ्जा/स्याङ्जाको वालिङ नगरपालिका–८ आँधीखोलाको किनारमा आगामी माघ १४ गतेदेखि २५ गतेसम्म नवौँ वालिङ महोत्सव गरिने भएको छ ।

वालिङ खेलमैदानमा सञ्चालन हुने वालिङ महोत्सव गण्डकी प्रदेश स्तरीय कृषि, पर्यटन, सांस्कृतिक तथा औद्योगिक व्यापार मेलाको रूपमा प्रस्तुत गरिने आयोजक वालिङ उद्योग वाणिज्य संघले पत्रकार सम्मेलनमार्फत जनाएको छ ।

प्रत्येक दुई वर्षमा आयोजना हुँदै आएको वालिङ महोत्सव यसपटक पनि समृद्ध वालिङको लक्ष्यसहित आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा टेवा पु¥याउने उद्देश्यले गरिएको हो ।

महोत्सवले कृषि, हस्तकला, सेवा, उद्योग र व्यापारसँगै शिक्षा, सूचना प्रविधि र पर्यटनलाई एउटै थलोमा जोड्ने प्रयास गरिएको महोत्सव मूल आयोजक समितिका संयोजक अध्यक्ष चेत नारायण श्रेष्ठले बताए ।

नेपाल सरकारले अघि सारेको वालिङ नगरपालिकालाई स्मार्ट सिटीका रूपमा विकास गर्ने लक्ष्यमा महोत्सवले थप ऊर्जा दिने अपेक्षा समेत गरिएको छ ।

महोत्सवमा ६० कृषि र ३५० ब्यापारिकसहित ४ सय १० रहने छन् भने महोत्सवमा विभिन्न जातजातिको भेषभूषा, कला तथा संस्कृति, कृषि तथा स्थानीय हस्तकलाका स्टल, पशुपंक्षी प्रदर्शनी, सुन्तला, ताजा तरकारी, कफी, अदुवा तथा जडिबुटी प्रदर्शनी विशेष आकर्षण रहनेछन् ।

शैक्षिक प्रदर्शनीअन्तर्गत विद्यार्थीका नवीन आविष्कार, पुस्तक प्रदर्शनी र शैक्षिक सामग्रीसमेत प्रस्तुत गरिनेछ ।

महोत्सवमा मनोरञ्जनतर्फ स्याङ्जा डान्स आइडल सिजन–४, विद्यालय स्तरीय नृत्य प्रतियोगिता, मम्मी डान्स, टिकटक, भजन, रत्यौली र लोक–दोहोरीगीत प्रतियोगितासहित स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति रहनेछ । पर्यटन प्रवद्र्धनका लागि जिल्लाका पर्यटकीय गन्तव्यहरूको फोटो प्रदर्शनी र होमस्टे आवास व्यवस्थासमेत मिलाइनेछ । महोत्सव अवधिभर निःशुल्क वाइफाइ सुविधा उपलब्ध गराइने आयोजकले जनाएको छ ।

महोत्सवले वालिङको पहिचानलाई अझ मजबुत बनाउने साथै कृषि र स्थानीय उत्पादनलाई बजारसँग जोड्दै बाह्य लगानी भित्र्याउने प्राथमिकता रहेको संघका सचिव तथा महोत्सव प्रचारप्रसार उपसमितिका संयोजक पिताम्बर खनालले बताए ।

करिब तीन लाखभन्दा बढी दर्शकले महोत्सव अवलोकन गर्ने र महोत्सव अवधिभर १० करोडभन्दा बढी आर्थिक कारोबार हुने अनुमान आयोजक समितिले गरेको छ ।

महोत्सवबाट एक करोड ६८ लाख आम्दानी र एक करोड १४ लाख ५१ हजार खर्च गरेर ५३ लाख ४९ हजार रुपियाँ बचत गर्ने लक्ष्य आयोजक संघले राखेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->